Categories
कोरोना देश मुख्य राजनीति

मध्यराति मन्त्रिपरिषदले गर्यो प्रतिनिधिसभा बिघटनको सिफारिश: कात्तिक २६ र मंसिर ३ गते निर्वाचन

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषदको आकस्मिक बैठकले बैकल्पिक सरकार गठनमा संसद असफल भएको भन्दै राष्ट्रपति समक्ष बिघटनको सिफारिश गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दावी खारेज गर्नुभएपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको हो ।

गत २०७७ पुस ५ गते बिघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरेको थियो । सरकार गठनको बिकल्प हुँदाहुँदै बिघटन गर्न नपाइने भन्दै सर्वोच्चले पुनःस्थापना गरेपछि पनि संसदले बैकल्पिक सरकार दिन सकेको थिएन । यही कारण प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको मिति तोक्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *