Categories
देश मुख्य स्वास्थ/ शिक्षा

झापाका सबै शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द

झापा / झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसिसिएमसीको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै यसअघि सरकारले जिल्लाका सहरी क्षेत्र (बिर्तामोड, मेचीनगर र दमक)का सबै शैक्षिक संस्था बन्द गराएको थियो। अन्य स्थानीय तहहरूमा भने शैक्षिक संस्था खुला नै थियो। खुला रहेका शैक्षिक संस्था आजदेखि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

डिसिसिएमसीको बैठकले जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रमा २०७८ वैशाख मसान्तसम्म भौतिम रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा, खेलकुद तथा युवा शाखा र शिक्षा विकास तथा समन्वय इकाईले गर्ने, कोभिड–१९ को संक्रमण फैलन नदिन र त्यसको न्यूनीकरणका लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको अनुगमन गर्न र भविष्यमा चाल्नु पर्ने सम्भावित कदमहरूबारे सुझावसहितको प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन गरेको छ। त्यस्तै‚ संक्रमण फैलन नदिन र त्यसको नियन्त्रणको लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको सम्बन्धमा अनुगमन गर्न स्थानीय तह स्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *