गौरादह । आफैंले चलाएको मोटरसाइकल सडक बिचको खाल्डोमा अनियन्त्रित भई दुर्घटना हुँदा नेविसंघका नेता एवं कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति महेन्द्र भट्टराई घाईते भएका छन् ।

झापाको कमल १ का स्थायी बासिन्दा भट्टराई आज शनिबार बिहान सवा १० बजे आफैंले चलाएको ७३९२ नम्बरको बुलेट बाइकमा दुर्घटनामा परेका हुन् ।

कमल १ सोलमारीमा भएको दुर्घटनामा घाईते भएका भट्टराईको शरिरका चार वटा करङ भाँचिएका छन । दुर्घटनाका कारण फोक्सोमा समेत असर परेको भट्टराईले बताए । उनको दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ । झापा टाईम्ससँगको सम्पर्कमा नेता भट्टराईले आफ्नो उपचार क्रम जारी रहेको र २/ ४ दिन सोहि अस्पतालमा उपचार हुने बताएका छन् ।

Facebook Comments