काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमणको दर पुन बढ्न थालेको छ। छिमेकी मुलुक भारतको संक्रमितको संख्या बढेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिएन थालेको हो।

खुला सीमा र भारतले सिमावर्ती सहरमा लकडाउन नगर्ने नीति लिएपछि त्यसको प्रभाव नेपालमा देखिएको हो। विशेष गरी काठमाडौंका कतिपय शिक्षण संस्थामा विद्यार्थी संक्रमित हुन थाले सीसीएमसीले तीन साताका लागि शिक्षण सस्था बन्द गर्न सिफारिस गरेको छ।

तर सरकारले भने एकमुष्ट रुपमा शिक्षण संस्था बन्द नगर्ने नीति लिएको छ। ‘अहिले एकमुष्ट रुपमा शिक्षण संस्था बन्द गर्ने सरकारको नीति छैन,’ भूमि व्यवस्था मन्त्री डा. शिवामाया तुम्बाहाम्फेले भनिन्, ‘प्रभावित क्षेत्र हेरेर शिक्षण संस्था बन्द गर्ने वा खुलाउने भन्ने तय हुन्छ।’

यद्यपी काठमाडौं उपत्यकाको हकमा भने एकमुष्ट निर्णण हुने सक्ने स्रोतले जनाएको छ। जनघनत्व र सक्रमण दरको अवस्था बुझेर काठमाडौंको हकमा निर्णय हुन सक्ने बताइएको छ।

सीसीएमसीले तीन हप्ताका लागि शिक्षण संस्था बन्द गर्न सिफारिस गरेपनि सरकारले त्यो विषयमा कुनै निर्णय गरेको छैन। संभावतः अब बस्ने मन्त्रिपरिषद बैठकले शिक्षण संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ।

विद्यालय जाने उमेर समूहका विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्न सीसीएमसीले सरकारलाई सुझाव दिएको थियो। अनलाइनबाट पनि अध्यापन गराउन सकिने भन्दै सीसीएमसीले तत्काल विद्यालय बन्द गर्न सुझाव दिएपछि प्याब्सनले भने विरोध जनाएको छ।

काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीमा कोरोना संक्रमण पुष्छि भएपछि अनलाइनमार्फत कक्षा संचालन गरेको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सचेतना अपनाउन आग्रह गरेको छ।

रतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ। नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ।

नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ। दैनिक सङ्क्रमण मात्रै होइनस सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिए। यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए।डिसी नेपालबाट

Facebook Comments