काठमाडौं। निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्न भनेको छ ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दर्ता भएका किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृत्वको एमाले पार्टीको नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र आयोगमा सुधारसहितको विवरण पेश गर्न भनेको हो ।

आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी एकीकरण भइ बनेको (ने क पा) दलको उत्प्रेषणको आदेशले बदर भइ दुवै राजनीतिक दल अलग अलग दलका रुपमा साविककै अवस्थामा कायम रहने भन्दै एकीकरणपछि दर्ता भएका पार्टीसँग पुरानै पार्टीको नाम र चुनाव चिन्हसँग मिल्ने भएपछि उनीहरूलाई नयाँ नाम र चुनाव चिन्ह पेश गर्न भनेको हो ।

Facebook Comments