झापाको गौरादह नगरपालिका वडा न २ को वडा कार्यालयको आज उद्घाटन गरिएको छ ।

भाडाको घरबाट सेवा दिदै आएको वडाले आजदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।

गौराद्ह नगरपालिका प्रमुख रोहितकुमार साहले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साहले वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने  विश्वास व्यक्त गरे ।

गौरादह नगरपालिकाबाट रु ७० लाख र जिल्ला समन्वय समिति झापा मार्फत प्रदेश १ सरकारले उपलब्ध गराएको १५ लाख गरि कुल ८५ लाख रुपैयाँमा  भवन निमार्ण गरिएको वडाअध्यक्ष हेमन्त कार्कीले जानकारी दिए ।

कार्यक्रममा वडा भवन निर्माण गर्न जग्गा सहयोग गर्ने सहयोगीलाई सम्मान गरिएको थियो ।

Facebook Comments