गौरादह । गौरादह उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष डिल्लीराम काफ्लेलाई पितृशोक परेको छ । गौरादह -२ डिपु चौक निवासी काफ्लेका पिता पुण्यप्रसाद काफ्लेको बुधवार विहान ५.५५ बजे दमकमा निधन भएको हो ।
६९ बर्षीय काफ्ले गत १.५ बर्षदेखी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ दमक ५ स्थित जेठो छोरा गंगा काफ्लेसँग बस्दै आउनुभएको थियो । काफ्लेको दमकमै आज बिहान निधन भएको र उहाँको अन्त्यष्टी आजै दिउँसो कन्काई घाटमा गरिने परिवारले जनाएको छ ।

काफ्लेका ३ छोराहरु गंगा ,डिल्ली र बिनोद मध्ये माहिलो छोरा डिल्लीराम काफ्ले गौरादह उद्योग बाणिज्य संघको अध्यक्ष रहिसक्नु भएको छ ।

Facebook Comments