गौरादह । झापा गौरादहका शिक्षासेवी गोपालप्रसाद काफ्लेद्वारा लिखित संस्मरणात्मक पुस्तक  “अक्षर यात्रा”को लोकार्पण गरिएको छ । मंगलबार गौरादह -२ स्थित सुरज शिक्षा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको लोकार्पण गरिएको हो ।

गौरादह साहित्यिक समाजको आयोजनामा भएको कार्यक्रममा साहित्यकार जगन्नाथ दाहाल र संविधान सभा सदस्य दिपक कार्कीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा लेखक काफ्लेले ७० बर्ष अगाडीदेखि हाल सम्मको आफ्नो जीवन भोगाइ र समकालीन समाजलाई यथार्थ  रुपमा प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा साहित्यिक ब्याक्तित्वहरु दमक क्याम्पसका पुर्व क्याम्पस प्रमुख उत्तम भट्टराई , शिक्षक एवं युवा श्रष्टा दिपक सुवेदी , मेची बहुमुखी क्याम्पसका प्राध्यापक पुण्य खरेल, गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख भोजराज दहाल लगायतले अक्षर यात्रा पुस्तकको चर्चा गर्नुभएको थियो ।

झापा जिल्ला गौरादह-१ डिपुचौक निवासी लेखक काफ्ले गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ,जनता मावि गौरादहका पुर्व शिक्षक ,जेष्ठ नागरिक संघ गौरादहका अध्यक्ष , ज्येष्ठ नागरिक प्रदेश नं १ का सदस्य, लगायत गौरादहमा विभिन्न संघ संस्थामा नेतृत्वदायि भुमिका निभाउनुका साथै धार्मिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

Facebook Comments