गौरादह । गौरादह-७ स्थित ठकठके निवासी समाजसेवी छत्रप्रसाद चुडालको निधन भएको छ । चुडालको आज (सोमबार) १:३० बजे निजि निवासमा निधन भएको हो ।

चुडाल कृषि  विकास बैंकको अधिकृत सेवाबाट सेवा निवृत भई हाल जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो बाहेक चुडाल दुर्गा सामुदायिक भवन निर्माण समितिका सचिब , इमिनेन्ट कन्चन्जङ्गा बोर्डिङ स्कुलका संचालक , नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का संगठित सदस्य लगायत विभिन्न संघसंस्थामा आबद्ध रहनुभई स्थानिय राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । चुडाल पेटको क्यान्सरबाट पिडित रहदै आउनुभएको स्थानिय सुर्यभक्त सिटौलाले बताउनुभयो ।

चुडालको परिवारमा श्रीमती ,२ छोरा र २ छोरी रहनुभएको छ । चुडालको पार्थिव शरिरलाई भोलि माघ १३ गते बिहान कन्काई माईमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments