Categories
देश मुख्य स्वास्थ/ शिक्षा

ढकालको जन्मदिनमा गौरादहका ३ सय विद्यार्थीले पोशाक पाए

गौरादह । गौरादह नगरपालिकामा रहेका दुई आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गौरादह -२ मा रहेको हेमचन्द्र बहुउद्देश्यीय कृषि फर्मका संस्थापक वेदेन्द्र ढकालले आफ्नो जन्मदिनको अवसर पारेर पोशाक वितरण गर्नुभएको हो ।

आइतबार श्री सुर्योदय आधारभूत विद्यालय गौरादह – ३  र श्री सरस्वती आधारभूत विद्यालय गौरादह – २ का ३०० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । गौरादह(३ का वडाअध्यक्ष गजेन्द्र घिमिरेको सभापतित्व तथा राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि दाहालले वेदेन्द्र ढकालले गर्नुभएको शुभकार्यको खुलेर प्रशंसा गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा केद्रीय सदस्य दिपक कार्की, नेकपा केन्द्रिय सदस्य होम थापा, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल लगायतले मन्तब्य राख्नुभएको थियो । उहाँहरुले पनि ढकालको कामको खुलेर तारिफ गर्नुभएको थियो ।

त्यसैगरि पोशाक सहयोगी ढकालले आफु जन्मी हुर्की गरेको ठाउँमा आफुले सकेजति सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा रहेका पिछडिएका वर्गका गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा पढ्न यथेष्ट सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गौरादह क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरु, विद्यार्थी र अभिभावक लगयातको उपस्थित रहेको थियो ।

सुर्योदय माविको प्रांगणमा भएको कार्यक्रम सोहि विद्यालयका शिक्षक बेणुप्रसाद अधिकारीले संचालन गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *