Categories
देश मुख्य स्वास्थ/ शिक्षा

 जन्मदिनकाे अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण

गौरादह । गौरादहका व्यावसायी तथा मदन भण्डारी फाउन्डेसन गौरादह -१ का अध्यक्ष खड्कराज (खगेन्द्र) थापाले आफ्नो जन्म दिनको अवसर पारेर न्यानो कपडा वितरण गर्नुभएको छ । थापाले विहिवार गौरादह १ पिपल चोक स्थित श्री लाल जनकल्याण आधारभुत बिधालयमा  अध्यानरत ७० जना विद्यार्थीलाई न्यानो कपडा (स्वईटर)वितरण गर्नुभएको हो ।

मदन भण्डारी फाउण्डेसन गौरादह- १को आयोजनामा भएको न्यानो कपडा वितरण कार्यक्रमको प्रमुख आतित्यथा संबिधान सभा सदस्य  दिपक कार्कीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक , नेकपा झापा सचिवालय सदस्य मदन अधिकारी , नेकपा जिल्ला कार्यालय सचिव शिव ढुंगाना , महिला संजाल नगर अध्यक्ष लिला कार्की , जागरुक महिला समुह अध्यक्ष गंगा कार्की , वडा न १ अध्यक्ष नगेन्द्र भण्डारी , वडा सदस्य देबिमाया श्रेष्ठ , मदन भण्डारी फाउन्डेसन नगर अध्यक्ष तुलसी कार्की ,  उपाध्यक्ष प्रकाश दाहाल , नेकपाका पुर्व क्षेत्रीय सदस्य छत्रबहादुर कार्की , नेकपा गौरादह वडा १ अध्यक्ष रुद्र कार्की लगायत अभिभावक , शिक्षक तथा विद्यार्थीको उपस्थित रहेको थियोे ।
कार्यक्रमको सभापतित्व फाउण्डेसनका अध्यक्ष खड्कराज (खगेन्द्र) थापाले गर्नुभएको थियो ,भने कार्यक्रम संचालन फाउन्डेसनका सचिव गोपि धमलाले गर्नु भएको थियोे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *