काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले वैशाखमा घोषणा गरिएको निर्वाचन नहुने भन्ने भ्रम पैदा गरेर सर्वोच्च अदालतलाई दबाबमा पार्न खोजेको बताएका छन्। नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले सरकारले घोषणा गरेको निर्वाचन समयमै हुने दाबी गरेका हुन् । 
संसद् विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताए । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुनाले आफू बोल्न नमिल्ने बताए।
त्यस्तै नेपाली कांग्रेसले निर्वाचनको तयारी गरिसकेको तर आफ्नो पार्टी भने पछाडि परेको नेम्वाङले बताए।