गौरादह । झापाको गौरादहमा नेपाल टेलिकमका सबै दुरसंचार सेवाहरुमा विगत ४० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको मोवाईल , ADSL ,लेण्डलाईन , ईन्टरनेट लगायतका सम्पुर्ण दुरसंचार सेवाहरु अवरुद्ध अवस्थामा छन् ।

टेलिकमको सेवामा देखिएको समस्याका कारण सेवाग्राहीहरु आक्रोषित देखिएका छन् । टेलिकमको सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरुले सामाजिक संजालमा यसरी आक्रोष पोखिरहेका छन् ।

गौरादहका शिक्षक तथा पत्रकार दण्डिराज घिमिरे सामाजिक संजाल फेसवुकमा लेख्नुहुन्छ :

‘४० घन्टा भन्दा बढी भयो गौरादह क्षेत्रमा NTC नेपाल टेलिकमको ADSL ,इन्टरनेट, लेण्डलाइन, मोबाइल लगाएतको फोन सेवा अबरुद्ध भएको । टेलिकमको कार्यलय दमक सग कुनै जवाफदेहीता पनि देखिएन । अब  हामीले बाध्य भएर NTC को सिम तथा अन्य प्राइभेट कम्पनीको ईन्टरनेट जडान गर्नुपर्ने र  किन्नुपर्ने हो नेपाल टेलिकम प्रमुख ज्यू ?
जवाफ चाहियो २९ पौष २०७७ ,  ८:५० बिहान’

त्यस्तै गौरादहका शिक्षासेवि भोजराज दाहालले सामाजिक संजालमा यस्तो पोष्ट गर्नुभएको छ ।

‘तीन दिन भयो, गा‌ैरादह क्षेत्रमा NTC का ADSL , लेण्डलाईन,Mobile लगायतका सवै सेवा अवरुद्द छन् !के अब सवैले NTC को विकल्प सेवा खोज्नै पर्ने भएकै हो …!!!???
जिम्मेवारहरुको ध्यान कता छ !?’

त्यस्तै नेपाल टेलिकमको सेवा अवरुद्ध भएको भन्दै गौरादहका व्यावसायी नारायण कार्की लेख्नुहुन्छ :

‘मैले नबुझेको कुरा २४ घन्टा बित्ता पनि गौरादह मा नमस्ते (ntc) को फोन साथै ADSL , नेट नचल्नु मा को दोसि होला ?? गौरादह वा दमक टेलिकम प्रमुख ? कि कमिसन को चक्कर हो? यदि अबको केहि समयमा पनि ntc को फोन र ADSL नेट चलेन भने गौरादहको ntc टावर सधैको लागि बन्द गर्न सुझाव दिन चाहान्छु।।’

Facebook Comments