गौरादह । गौरादहमा मदन भण्डारी स्पोर्टस एकेडेमी नगर कमिटी गठन गरीएको छ ।शनिवार गौरादह कृषि क्याम्पसमा मदन भण्डारी फाउन्डेसन गौरादह नगर कमिटीद्वारा आयोजित नगरका युवा, विधार्थी, खेलाडीहरूको भेलाबाट मदन भण्डारी स्पोर्ट्स एकेडेमी गौरादह नगर कमिटी निर्माण गरिएको हो ।

भेलाले विपिन रिजालको नेतृत्वमा उपाध्यक्ष पर्शुराम बस्नेत , सचिव सन्तोष भण्डारी , सहसचीव जोशेफ लावती र कोषाध्यक्ष तुलसा अधिकारी बस्नेत सहित १३१ सदस्य नगर स्पोर्ट्स एकेडेमी गठन गरेको हो ।

फाउन्डेसनका नगर अध्यक्ष तुलसी कार्कीको अध्यक्षतामा तथा संविधानसभाका सदस्य एवं नेकपा केन्द्रीय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा,अनेरास्ववियू , युवा संघ, फाउन्डेसनका केन्द्रीय देखि स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments