गौरादह । दमक स्थित निम्स हस्पिटल छेउमा सडक दुर्घटनामा परि मृत्यु भएका राजन श्रेष्ठ र घाईते पुर्णबहादुर श्रेष्ठको परिवारलाई क्लब हिमालयन टाईगरले नगद हस्तान्तरण गरेको छ । आज श्रेष्ठ परिवारको घरमै पुगेर क्लबले नगद रु ७५ हजार ८ सय ५१ रुपैंया हस्तान्तरण गरेको हो ।
क्लबले प्रबासी सृजनशिल महिला समुह ईजरायलमा आबद्ध रहनुहुने सामाजिक ब्याक्तित्वहरुले जम्मा गरेर पठाएको रकम दमक दुर्घटनामा परि आफनो छोरा गुमाउनुभएका र आफुपनि दुर्घटनामा पर्नुभएका बुबा पुर्ण बहादुर श्रेष्ठलाइ सहयोग स्वरुप नगद हस्तान्तरण गरिएको क्लब हिमालयन टाईगरका अध्यक्ष पुर्णचन्द्र भण्डारीले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष जे बिमली, संस्थापक सदस्य तेज कुमार श्रेष्ठ ,सदस्य भरत दाहाल ,राजु निरौला र स्थानीय बासीहरु लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
गत असोज १७ गते बेलुका दमक ३ निबासी पुर्ण बहादुर श्रेष्ठ र राजन श्रेष्ठ सवार मोटर साइकल दुर्घटनामा परेको थियो । सो दुर्घटनामा २६ बर्षिय राजन श्रेष्ठको निधन भएको थियो भने पुर्णबहादुर श्रेष्ठ घाईते हुनुभएको थियो ।

Facebook Comments