गौरादह । झापाको गौरादह नगरपालिका वडा नं.२ को चौधरी परिवारमा एकपछि अर्को समस्या थपिएको छ । ब्लड प्रेसरबाट थलिएका बाबु निको भएको केही समयपछि फेरि त्यहि घरको कान्छो छोरालाई ब्लड क्यान्सर जस्तो भयानक रोग देखिएको हो ।

वडा नम्बर २ कै बिपन्न चौधरी परिवारमा ४ बर्ष अघि बुबा बद्री चौधरीलाई ब्लड प्रेसर हाइ भइ ५/७लाख रुपैया खर्च गरि उपचार गरिएको थियो । सोही परिवारका कान्छो छोरा वर्ष २४ का बिष्णु चौधरी ब्लड क्यान्सरबाट ग्रसित भइ बिर्तामोड अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएको भएपनि उपचार प्रारम्भ गर्न सक्ने आर्थिक अवस्था परिवारको छैन ।
चौधरीलाई गौरादहका सहयोगी युवा ईश्वर अधिकारी (खत्री)को अग्रसरतामा आज बिर्तामोड अस्पताल उपचारकालागी लगिएको हो । अधिकारीले डाक्टर सगँ सल्लाह गर्दा चौधरीको उपचारमा ५/७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

उपचार खर्चको अभावहुने देखिएपछि आजै गौरादहमा ईश्वर अधिकारीकै अगुवाईमा चौधरी परिवार सहित ‘बिष्णु चौधरी बचाउ अभियान’ को सुरुवात गरि सहयोग संकलन गर्न प्रारम्भ गरिएको छ । सो अभियानमा अग्रसर गौरादहका सामाजिक ब्याक्तित्वहरुको पहलमा आजै ८०/९० हजार रुपैंया संकलन भएको अधिकारीले बताउनुभयो ।
तर यो रकम मात्र चौधरीको उपचारमा प्रयाप्त नहुने देखिएको छ । अहिले चौधरी परिवारलाई २४ वर्षको युवालाइ ब्लड क्यान्सर जस्तो भयानक रोगबाट मुक्त गराइ कसरी जीवन रक्षा गर्ने होला ? भन्ने चिन्ता परेको छ ! परिवारले उदार मन भएका सहयोगी हातहरुलाई छोरोको जीवन रक्षा गरिदिन अपिल समेत गरेको छ ।

Facebook Comments