गौरादह । विद्यार्थी नेता स्व. रमेश सुवेदी र स्व. बिष्णु प्रधानको १६औं स्मृति दिवसको अवसरमा गाैरादहमा दिप प्रज्वलन गरिएको छ ।

अनेरास्ववियु झापा जिल्ला कमिटीको आयोजनामा गौरादहको सहिद गेट मा आज साँझ दिप प्रज्वलन गरिएको हो । अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य मदन भट्टराईको प्रमुख आतित्यथामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य एवं संविधान सभा सदस्य दिपक कार्की , नेकपाका प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी अध्यक्ष , बिध्यार्थी नेताहरू लगायत नेकपा नेता ,कार्यकर्ताको उपस्थिति थियोे ।

कार्यक्रमको सभापतित्व अनेरास्ववियु झापा जिल्ला कमिटी संयोजक अनिल सुवेदी र कार्यक्रम संचालन अनेरास्ववियु सह संयोजक दुर्गा धमलाले गर्नु भएको थियो ।विद्यार्थी नेता रमेश सुवेदी (रोहित) र बिष्णु प्रधानलाई २०६१ साल मंसिर ६ गते राती गौरादहमा शाही नेपाली सेनाले  गोलि हानी हत्या गरेको थियो । उहाँहरुको सम्झनामा प्रत्येक बर्ष मंसिर ६ गते गौरादहमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

Facebook Comments