दुर्गा खनाल (काफ्ले)
दमक । २०७७-६-१२ गते दिउसो गौरादह १ का ६४ बर्षिया भीम भण्डारीले श्रीमतीको  हत्या कसले गरिदियो भन्दै एक्कासी कोकोहोलो गरेपछि छरछिमेकी जम्मा हुनु भयो तर यता भीम भण्डारी चाहि मोवालमा फोनमा नै ब्यस्त थिए । मानिसहरूको भिड बढ्यो,छोरा छोरी आफन्त सबै भेला भए तर कसैले पनि बाबुप्रति संकेत गरेनन्। यता छिमेकिलाई चाँहि वहाँहरूको व्यावहार देखेर शंका लागि सकेको थियो कि वरिपरी कोहि आएको छैन घर भित्रै कसरी मरिन् मनमाया आमा पक्का पनि भीम भण्डारीले नै मारेको हुनु पर्छ !
त्यो बिचमा छिमेकी एक महिलाले भण्डारीलाई भन्नु भएको रहेछ । बा बुढि र म बसेर स्याउ खाउला भनेर स्याउ लिएर आएको थिए , कुन पापीले सुनको लागि मेरी श्रीमतीको हत्या गरिदिएछ भन्नु हुन्छ तर स्याउको झोला त बाइकमा नै छ त बा ? यदि संगै बसेर खान ल्याएको भएत स्याउ लिएर नै कोठामा जानु पर्ने ।

त्यति मात्र हैन त्यहाँ जम्मा भएकै मध्येबाट फेरि प्रश्न गरियो बा तपाइको खुट्टामा त रगतका छिटा छन् त कसरी छिटा आए , कि लत्तपिएको हुनु पर्ने ? भनेर सोधे त्यो हेरेर हत्यारा भीम भण्डारीले झारमा पुछे । यस्तै यस्तै कुरा हुदै थिए प्रहरी फोर्स पुग्यो ।
मानिहरूले हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर ल्याइयो । कुकुरले निज हत्यारा भीम भण्डारीलाई नै सुघेर नजिक बसिरह्यो। त्यसको बेवास्था गर्दै हतार हतार लासको पोष्टमार्टम गर्न लगियो र लासको सत्गती गरियो !

कसैले हत्यारा पत्ता नलागेसम्म हाम्रो आमा,सासु ,दिदीबैनी,छोरी ,फुपु,हजूरआमाको लास नउठाउने! पहिला हत्यारा पत्ता लगापछि मात्र हामी लास को सत्गति गर्छौ भनेर बोलिएन । एउटा निरीह मानव जमिन र पैसाको बिबाद छ ल त्यसैले मार्यो होलो भनेर आरोप लगाइयो बिचरा त्यो घटना हुदा उ दमक ८ मा कसैको घर बनाउदै रहेछ ! त्यत्रो काठ ब्यापारिको श्रीमती मार्ने हिम्मत त्यो ज्यालादारी काम गरेर पेट पाल्ने मानिसलाई के , तर पनि आरोपको सामना त गर्नु नै पर्ने थियो! उसलाई पनि सोधियो तर ….

यता पोष्टमार्टममा नै हतौडाले हानेर हत्या गरिएको हो भन्ने स्पष्टै भनि सकिदिएको थियो । उता कुकुरले देखाएको ब्यबहार यता पोष्टमार्टम को रिपोर्ट हेरेर प्रहरीले घर खानतलास गर्दा हराइएको भनेको आमाको तिलहरी र हथौडा बोरामा एकै ठाउमा भेटिएको सनसनी पूर्ण खवर बाहिर आयो तर पनि प्रहरी प्रशासनले दोषी भीम भण्डारीलाई भन्न सकेन किन !?
घर परिवार,छोराछोरी आफन्त सबैले बाबुआमाको बिचमा सम्बन्ध अत्यन्तै राम्रो थियो भनेर वकालत गरिरहेकाले पनि होला । तर यता छरछिमेकी र गाउँलेहरू  त्यो मान्न तयार भएनन् किन की मनमाया भण्डारीले कति हितैसीहरूलाई रूदै भन्नु हुन्थ्यो रे जीउभरी हरिया निलडाम देखाउदै ‘सम्पत्ति सबै तेरा नाममा छ मलाई पास गर्दिन्छेस् कि गर्दिनस् भन्दै कुटि रहन्छन् खैं के गरौ गरौ’ भनेर ! यो सुनि रहेका सुन्नेहरु मनमायालाई अरू कसैले मारेको हैन मनमायाका श्रीमान् भीम भण्डारीले नै मारेका हुन् ! इज्जत जान्छ भनेर छोरा बुहारी आफन्त कसैले पनि कुरा बाहिर ल्याउन नचाहेका र किटानी  जाहेरी नदिएका हुन् !

प्रहरीलाई के को असजिलो थियो या छ त्यो वहाँहरूलाई नै थाहा होला , ‘भीम भण्डारीले यो कारणले श्रीमती मारेछु भन्न ।’ आज श्रीमतीको हत्यारा भीम भण्डारी नै हो भन्दा पनि के कारणले हत्या गरिएछ भन्ने जनता सुन्न चाहन्छन् ! यदि प्रहरी प्रशासनलाई केहि असजिलो भए त्यो असजिलोमा प्रहरीलाई साथ दिन पनि जनता तयार छन् भन्ने बिश्वास दिलाउन चाहन्छन् !

हत्यारा भीम भण्डारीलाई मात्र किन सजाय , यस्तो हत्या जस्तो जघन्य अपराधलाई पनि लुकाउन खोज्ने सम्बन्धित पक्षलाई पनि कारबाहि हुनु पर्छ ! जुन कारबाहिले भोलि यस्तो शिक्षा दिने छ कि अपराध गर्ने मात्र हैन छोप्न खोज्नेलाई पनि कानुनले छोड्दोरहेनछ ।मेरो कुरा आमा बावुले मारेको थाहा पाइपाई यदि त्यो परिवारले छोप्न खोजेको हो भने तपाई आमाबुबाहरू संझनुहोस् कि हाम्रा सन्तानलाई हामी गलत शिक्षा दिदैछौ , जुन शिक्षाका कारण भोली तिम्रा सन्तानले पनि यस्तै कुकर्म गर्ने छन् र भोली तिम्रो हत्या गरि लुकाउन सक्ने छन् ! त्यसैले सन्तानलाई असल बनाउन अपराध र खराव कुरा लुकाएर मानिसलाई नउक्साएकै राम्रो !

Facebook Comments