गौरादह । शुक्रवार झापा गौरादहका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५ जनामा संक्रमण पुष्टि भएको छ ।

नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुने गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उनलाई मंसिर ३ गते विराटनगर लगिएको थियो ।

ती वृद्धको हिजो (बिहिवार)पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतकको शवलाई विराटनगरबाट ल्याएर गौरादह ८ स्थित गेउरिया खोलामा अन्त्येष्टि गरिएको नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताउनुभयो ।

त्यस्तै गौरादहकै अर्का वृद्धाकोपनि हिजो बेलुका नोवेल हस्पिटलमा मृत्यु भएको छ । कोरोनासँग लक्षण मिल्ने गौरादह ७ की ७५ वर्षिया वृद्धाको मृत्यु भएको भएपनि पिसिआर परिक्षणको रिपोर्ट आज आएको थियो । मृत्यु हुने गौरादह ७ की विन्दामाया राई रहेको नगर स्वास्थ्य शाखाका विनोद थापाले जानकारी दिनुभयो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गौरादहमा १२जना पुगेको छ ।

आज गौरादहका ५ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । आज संक्रमण पुष्टिहुने २ महिला र ३ पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले जानकारी दिनुभएको छ ।

Facebook Comments