गौरादह /  झापाको गौरादहका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टिहुने मध्ये २ महिला र ३ पुरुष रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित मध्ये २ जनाले निजी र ३ जनाको नगर स्वास्थ्य शाखाले पीसीआर परिक्षण गराएको हो । संक्रमितहरु वडा नम्वर ४ का ३ जना , १ र ३ का १र१ जना रहेको नगर स्वास्थ्य शाखाका विनोद थापाले जानकारी दिनुभयो ।

त्यस्तै आज झापाको दमकमा ८ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ पुरुष र २ महिलामा संक्रमण देखिएको हो । यस्तै मेचीनगरका १ र गौरादहका ५ सहित झापामा आज १४ संक्रमित थपिएका हुन् । यस्तै अर्जुनधाराका ७० बर्षिय बृद्धको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ ।

Facebook Comments