/ वि.स.२०७७ सालको बडादशैं लगायतका नेपालीहरुको ठुला चाडपर्व संघारमै आईपुगिसकेको छ । यस्तो विषम समयका बिच नजिकिएको यसपालिको चाडबाडमा खासै रौनकता त छैन तरपनि चाडपर्व मनाउनुपर्ने बाध्याता भने छ । यस्तो अवस्थामा  समाजमा अगुवा भएर सर्वसाधारणलाई मार्ग निर्देशन गर्नेहरुले कसरी यो बर्षको चाडपर्व मनाउने तयारी  गरेका होलान त रु यस्तो विषम समयमा आएको चाडवाडको बिषयमा उनिहरुको धारणा कस्तो छ त ?
हामिले झापा गौरादहका केही  राजनीतिक र  सामाजिक अगुवाहरुसंग बुझ्ने प्रयास गरेका छौं । प्रस्तुत छ उनिहरुको धारणा :

मित्रदेव काफ्ले अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपा गौरादह नगर कमिटी, झापा

२०७७ सालको बडा दसैँ, शुभ–दीपावली लगायत नजिकिँदै गरेका नेपालीहरूका सम्पूर्ण चाडपर्वहरूको उपलक्ष्यमा ,विश्व बदलिँदो बैज्ञानिक एवं आधुनिक प्रविधि सहितको विकास र समृद्धिकालागि  नागरिकको  शिक्षा र स्वास्थको पुर्णरुपले  राज्यले बहन गर्ने अपेक्षा सहित विगतका गतिविधिको समिक्षा गर्दै सकारात्मक सोचका साथ स्थानीय सरकार , स्थानीय राजनैतिक दल, सरोकार वाला संघरसंस्था लगायत सम्पुर्ण  गौरादह नगर बासिहरुको रचनात्मक योगदान र सहभागिताको आशा र भरोसा सहित  देशविदेशमा रहनुहुने समस्त महानुभावहरूमा हालको कोरोना महामारीसँग सामना गर्ने विशेष शक्ति प्राप्त हुने कामनाका साथ सामाजिक , राजनैतिक एवं आर्थिक उन्नतिका साथै सु–स्वास्थ्य एवम् दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

डा. खगेन्द्र अधिकारी , झापाबाट प्रतिनिधिसभा सदस्य प्रत्यासि तथा ने.का. राज्य प्रशासन बिभाग केन्द्रिय सदस्य

बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोविड १९ का बिच वि।सं। २०७७ सालमा आएका चाडपर्वहरु मध्ये विशेष गरि यसपालिको दशैं आफ्नो आफ्नो घरमै बसेर सुरक्षित साथ मनाऔं । सकेसम्म घरपरिवार भन्दा बाहिर टीका , प्रसाद ग्रहण गर्न नजाऔं । यदि बाहिर जानै परेको अवस्थामा पुर्ण रुपमा सुरक्षाका उपायहरु जस्तै सामाजिक र भौतिक दुरि कायम गरौं , मास्क अनिवार्य लगाऔं र हातलाई बारम्वार सावुनपानि र सेनिटाईजरको प्रयोगले भाईरस रहित बनाऔं । बाहिर हिडडुल गर्दा , अन्यत्र जाँदा र आउँदा कोरोना संक्रमण बढने हुदाँ सकेसम्म घर परिवार भित्रै सुरक्षित रहनु नै राम्रो हुन्छ । यस्तो विषम समयमा धेरै मानिसहरुको आम्दानिको स्रोत नभएकोले एक आपसमा सहयोग गर्ने र सकेसम्म अफ्ठ्यारोमा परेका मानिसहरुलाई सहयोग गरौं ।

मदनप्रसाद अधिकारी गौरादह नगरपालिका मेयर प्रत्यासी तथा नेकपा नेता ,  गौरादह ५

गौरादह नगरबासी संपुर्ण बुबाआमा, दिदीबैनी,दाजुभाईहरु , मेरा सहकर्मी मित्रहरु,  बिस्वमा माहामारिको रुपमा फैलिरहेको क‍ोभिड १९ क‍ो माहामारी संक्रमणले हाम्रो देशमापनि  ब्यापक  रुप लिई रहेको यश घडिमा हाम्रा सबै चाडबाडहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिदै मनाउनु पर्ने भएक‍ोले ,  यस्तो अबस्थामा बडादशैं र बिजया दशमीमा पनि आफ्नो स्वास्थलाई ख्याल राख्दै , स्वास्थ सुरक्षा साथ मनाउनु हुन समेत अनुरोध गर्दै सबैमा बडादशै र बिजया दशमीक‍ो पावन अवसरमा शु- स्वास्थक‍ो कामना समेत गर्दछु ।

Facebook Comments