गौरादह , ७ कार्तिक / गौरादह वडा नम्बर ७ को ग्वाल्डुब्वा युवा समुहले निस्शुल्क मास्क बितरण गरेको छ । समुहले आज ग्वाल्डुव्वा बजारमा साप्ताहिक हाटबजार गर्न आउनेहरुलाई ७ सय ७० वटा मास्क बितरण गरेको हो ।

ग्वालडुव्वा बजारमा बिजया दशमीको हाट भर्न आउनेहरु कोरोना संक्रमणबाट सुरक्षित हुन सकुन भन्ने उद्धेश्यले मास्क बितरण गरिएको युवा समुहका अध्यक्ष भोला चक्रवर्तीले बताउनुभयो । सो कार्यक्रममा मास्क बितरणका अलावा विभिन्न जनचेतना मुलक संदेशहरु समेत माइकिङ गरि प्रवाह गरिएको समुहका सचिव होम उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा समुहका सहसचिव प्रकाश चुडाल सदस्यहरु लोकराज सिटौला , सोनाराम महली , अक्षय राजबंशी , देबराज केबरत , निजन तिवारी , लक्कि ताजपुरिया र दिलनाथ कटुवालको उपस्थिति रहेको थियो । ग्लडुव्वामा बिभिन्न सामाजिक कार्य गर्द‌ै आएको युवा समुहले हिजो ग्वालडुव्वा बजार सरसफाई समेत गरेको थियो ।

Facebook Comments