गौरादह,७ कार्तिक / झापाको गौरादहमा श्रीमतीको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका श्रीमानलाई अनुसन्धाकालागी थपिएको पछिल्लो म्याद समाप्त भएको छ । तेस्रोपटक थपिएको ७ दिनको म्याद बुधवार सकिएको हो ।

म्याद समाप्त भए लगत्तै चाडपर्वले अदालत बन्द हुदाँ अगाडिको प्रकृया चाडपर्व सकिए पछि मात्र अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हत्या आरोपमा पक्राउ परेका श्रीमान भिम भण्डारीलाई प्रमाण सहित अदालतमा पेश गर्ने प्रहरीको तयारी रहेको छ ।

असोज १२ गते सोमबार गौरादह(१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममता पूर्वक हत्या गरिएको अवस्थामा ६५ बर्षिया मनमाया भण्डारी९पार्वता०को शव फेला परेको थियो । अनुसन्धानका लागि भन्दै मृतक महिलाका श्रीमान भिम भण्डारीलाई असोज १६ गते पहिलो पटक ७ दिने म्याद थप गरेको थियो । असोज २३ गते दोस्रो पटक र असोज २९ गते पूनः तेस्रो पटक पनि भण्डारीलाई ७ दिने म्याद थप गरिएको थियो ।

श्रीमती हत्या आरोपित भण्डारी अहिले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखीएको जनाइएको छ ।

Facebook Comments