झापा, ७ कार्तिक / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गर्नु भएको हो । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको मन्त्री कार्कीले बताउनु भएको छ  ।

हाल भने आफ्नो स्वास्थ्य अबस्था सामन्य रहेको र विराटनगरस्थित निवासमा नै आइसोलेटेड भएर बसेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।  साथै उहाँले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ:

“मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस कोभिड१९को संक्रमण भएकोछ। कन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिन२९गतेको  परिक्षणमा नेगेटिभ देखिएको थियो। त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो आईसोलेटड भएरै बसियो । तर हिजो पुनस् परिक्षण गर्दा पोजेटिभ देखिएको छ हाल स्वास्थ्य अबस्था भने सामन्य छ। प्रदेश राजधानी बिराटनगरमा आफ्नै  निवासमा आईसोलेटेड भएर बसेको छु।  यस बिचमा मेरो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन अनुरोध गर्दछु। यस बाट पर्न जाने सबै अशुबिधा प्रती क्षमायचना गर्दछु । धन्यवाद ।”

 

Facebook Comments