गाैरादह – कोरोना महामारीका बिचमा आएको नेपालीहरुको ठुलो चाड बडादशैंका अवसरमा गौरादह वडा नम्वर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ताले गौरादहका आम नगरवासिलाई सुरक्षित भएर दशैं मनाउन आग्रह गर्नुभएको छ । उहाँले आफ्नो शुभकामना सन्देशमा सकेसम्म भिडभाड हुने र संक्रमण बढन सक्ने स्थानमा नजान आम नगरवासीमा आव्हान गर्नु भएको छ ।

आदरणीय वडा तथा नगरबासी महानुभाबहरु ,
कोरोना भाइरस को चरम महामारीको बिचमा नेपालीहरुका महान चार्डपर्बहरु बडादशैं शुभदिपावली , नेपाल सम्बत , छड जस्ता चाडपर्वहरु भित्रीएका छन भने , संक्रमण बड्दो छ ।
यश विषम परिस्थितिमा हाम्रा यि चाडपर्बहरुलाई हामीले उच्च सुरक्षाका साथ सकेसम्म एकाघर परिवार भित्रमा मनाउ , घर बाहिरका मान्यजनहरुबाट संचार माध्यमबाट आशीर्वाद लिनेदिने गरौ, भिडभाडमा नजाउ र नगरौं , सुरक्षाका सामाग्रीको प्रयोग गरौं खर्चको मितब्यी बनौ , दुर्गा भवानी को तर्फ कोरोनो मुक्त्त हुने आशीर्वाद लिनेदिने गर्दा कोरोना मुक्त हुने र सु स्वास्थय को कामना गरौं ।
सम्पुर्ण महानुभाबहरुमा कोरोनाबाट जोगियौ साथै सुस्वास्थय उनन्ती प्रगति र बिकास निर्माणमा एक जुट बनौ भन्ने शुभकामना व्यक्त गर्दछु ।

वाडाअध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भन्डारी

Facebook Comments