गौरादह , ६ कार्तिक / गौरादह ७ स्थित ग्वाल्डुव्बा युवा समूहको आयोजनामा ग्वाल्डुब्वा बजार क्षेत्र सरसफाई  गरिएको छ । कार्यक्रममा कोरोना सचेतना तथा माक्स बितरण समेत गरिएको थियो ।

गौरीगंज इलाका प्रहरी कार्यालयका प्रमुख राकेश रेग्मीको प्रमुख आतित्यथामा भएको कार्यक्रमको सभापतित्व ग्वालडुव्बा युवा समुहका अध्यक्ष भोला चक्रवर्तीले गर्नुभएको थियो ।
स्थानिय युवाहरुको सक्रियतामा गठित समुहले विभिन्न समयमा सामाजिक गतिविधि र सरसफाइ कार्यक्रम गर्दै आईरहेको छ । यसैको निरन्तरता स्वरुप बडादशैं तथा दिपावलीको अवसरमा सो कार्यक्रम गरिएको समुहका सचिब  लिला न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा गौरादह ट्राफिक प्रहरी इन्चार्ज लक्ष्मी प्रसाद ओझा , जुरोपानी अस्थायी प्रहरी चौकि इन्चार्ज ,  गौरिगंज ट्राफिक प्रहरी इन्चार्ज साजन कार्की ,  स्थानीयबासीहरु धुर्ब गौतम ,  अमर बिष्ट ,  अरुण साह , भरत निरौला , दिलनाथ कटुवाल ,के.डी. राई , लक्ष्मी सुब्बा , गणेश राजबंशी ,  इन्द्र कार्की ,  दुर्गा खरेल , रामचन्द्र पोख्रेल , जीवन कोइराला , रामबहादुर अधिकारी , सुमित्रा खरेल ,  टीका अधिकारी साथै स्थानिय व्यावसायीको उपस्थिति रहेको थियो । 

युवा समुहका सह सचिव प्रकाश चुडालले   शुभकामना मनतब्या राख्नुभएको कार्यक्रममा युुवा समूहका सदस्यहरु लोकराज सिटौला , नविन तामाङ, लक्की ताजपुरिया ,जोगिन्द्र ताजपुरिया ,  राजेश साह सोनाराम महली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समुहका सचिव होम उप्रेतीले गर्नुभएको थियो ।

Facebook Comments