गौरादह , ६ कार्तिक / झापाको गौरादहमा पाथिभरा रिकण्डिसन हाउसको उद्धघाटन गरिएको छ । हाउसको उद्धाटन मेयर रोहितकुमार साह र उद्योग बाणिज्य संघका अध्यक्ष जेवी कार्कीले संयुक्त रुपमा आज रिविन काटेर गर्नुभएको हो ।

गौरादह वडा नम्वर २ बैगुन्धुरा जाने बाटो र गौरादहको मुख्य बजारबाट ५० मिटरको दुरिमा रहेको रिकण्डिसन हाउस गौरादहमै पहिलो पटक संचालनमा आएको हो ।  हाउसबाट मोटरसाईकल र स्कुटर सम्बन्धि सम्पुर्ण सेवा एकै ठाउँमा पाईने संचालक लोकनाथ खनालले बताउनुभयो । उहाँले हाउसको संचालनले मोटरसाईकल र स्कुटर सम्बन्धि कुनैपनि कामकोलागी दमक पुग्नुपर्ने झण्झटबाट गौरादहबासि  मुक्त भएको  बताउनुभयो ।

हाउसबाट नयाँ , पुराना मोटर साईकल ,स्कुटर किनबेच , एक्सेन्च , पार्टपुर्जा , मर्मतको सेवा दिईनुका साथै गौरादहबाटै मोटरसाईकल भाडामा समेत उपलब्ध गराईने संचालक मनिस खनालले बताउनुभयो ।

सामाजिक दुरि सहित गरिएको उद्घाटन कार्यक्रममा गौरादहका मेयर रोहित कुमार साह , उध्योग बाणिज्य संघका अध्यक्ष जेवी कार्की , नेकपा नगर अध्यक्ष मित्रदेव काफ्ले , वडा नम्वर १ का अध्यक्ष नगेन्द्र भण्डारी , ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक लक्ष्मी ओझा ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायब निरिक्षक नारायण कुँवर , ईलाका प्रहरी कार्यालय गौरिगंजका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मी , ट्राफिक प्रहरी कार्यालय गौरिगंजका प्रमुख साजन कार्कीले रिकण्डिसन हाउसलाई व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

Facebook Comments