गाैरादह , ४ कार्तिक / झापाको गौरादह नगरपालिका र वडा कार्यालय कार्तिक ४ गते मंगलबारदेखि बन्द गरिएकाे छ । गाैरादहमा काेराेना संक्रमण बढेकाे भन्दै नगरपालिकाले मंगलवार दिउँसाे २ बजेदेखि कामकाज बन्द गरेकाे हाे ।

नगरपालिकाले एक सुचना जारिगर्दै कार्तिक ६ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य सेवा र दमकलको सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएकाे हाे ।

दशैंपछि मात्र कार्यालय खुल्ने , गाैरादहकाे अवस्था जटिल बन्दै

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहको हस्ताक्षरमा जारि गरिएकाे सुचनामा नगरपालिका र वडा कार्यालय कार्तिक ६ गते खाेलिने भनिएपनि कार्यालयहरु दशैंपछि मात्र खाेलिने भएकाे छ ।  गाैरादहमा वडा अध्यक्ष हेमन्त कार्की सहितलाई संक्रमण देखिएपछि आकस्मिक निर्णय गरेर नगरपालिका र वडा कार्यालय बन्द गरिएकाे थियाे । बन्द गरिएका कार्यालय दशैं अघि खुल्ने सम्भावना कम रहेकाे नगर प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयाे।

गाैरादहमा नगरपालिकाले निर्णय गरेर केही समय अघिदेखि सामुहिक परिक्षणकालागि स्वाब संकलन गर्न कम गरिएकाे छ । यसकाे कारणले निजी खर्चमा ब्याक्तिगत रुपमा काेराेना परिक्षण गराउने क्रम बढदै गएकाे छ भने , दशैं मान्न बाहिरबाट गाैरादह आउनेहरुकाे संख्या समेत बढेकाे छ । देशका विभिन्न स्थानबाट आउनेहरु अहिले सिधै समाजमा घुलमिल भै रहेका छन । यसले गाैरादहमा काेराेना संक्रमणकाे अबस्था जटिलतातर्फ उन्मुख भै रहेकाे छ ।

त्यस्तै निजी खर्चमा परिक्षण गराउनेहरुले अस्पतालमा सहि नाम , ठेगाना नटिपाई दिदाँ संक्रमितकाे पहिचान गर्न गाह्राे भईरहेकाे प्रवक्ता भण्डारी बताउनुहुन्छ । अस्पतालमा दिईएकाे नाम , ठेगानाका आधारमा जिल्ला जनस्वास्थ्यले पालिकाहरुमा रिपाेर्टिङ्ग गर्ने तर निजी अस्पतालमा गलत नाम ,ठेगाना बताएर परिक्षण गराएका संक्रमितहरु पहिचान गर्न र निगरानी गर्न अप्ठ्याराे पर्दै गएकाे भण्डारीले बताउनुभयाे ।

यसले कुन पालिकाकाे , कति वडाकाे संक्रमित हाे भन्ने पहिचान गर्न अप्ठ्याराे पर्दै गएकाे छ । संक्रमितकाे पहिचान नहुँदा काे संक्रमित हाे , काे हाेईन छुट्याउन गाह्राे पर्ने र यसबाट सजिलै संक्रमण अरुमा सर्ने सम्भावना बढ्दै गएकाे छ । यसले गाैरादहमा काेराेना संक्रमणकाे दर बढाउने र अबस्था अझै जटिल बन्दैजाने देखिन्छ ।

Facebook Comments