Categories
देश प्रवास मुख्य विश्व

अस्ट्रियामा बस्ने नेपाली महिलाद्वारा आफ्नै ३ सन्तानकाे हत्या : आफ्नै आमाले किन यस्ताे गरिन ?

झापा / अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको हत्या गरेकी छन् । बागलुङ घर भई अष्ट्रियामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् ।
प्रहरी कार्यालय पुगेर फर्किएका नेपाल पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार उक्त महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षीया छोरी भने जीवितै थिइन् तर, उपचारका लागि अस्पताल पु¥याउँदा उनको पनि मृत्यु भइसकेको थियो ।
उक्त महिलाले छोरा–छोरीको हत्या गरिसकेपछि आफै पनि हत्या गर्न लागेकी प्रहरीलाई बयान दिएकी छन् । बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि आफन्तले चिनेजानेको आधारमा बुटवलकी २१ वर्षीया भट्टराई थरकी उक्त युवतीलाई विद्यार्थी भिसामा अष्ट्रिया ल्याएर सन् २०१० मा विहे गरेका थिए ।गत अक्टोवर ३ मा श्रीमान–श्रीमती संगै भएर तीन वर्षीया छोरीको जन्मदिन समेत मनाएका बताइएको छ । यस घटनाको मुख्य कारण अझैँ पनि स्पष्ट नभएको भियना प्रहरीले जनाएको छ ।
स्थानीय मिडियाका अनुसार ती नेपाली महिलाका श्रीमान उनीसँग बस्दैनथे । महिला आफ्ना तीन सन्तानसँग बस्थिन् भने उनका श्रीमान उनीसँग छुट्टिएर बस्दै आएका थिए । श्रीमानसँग छुट्टिएर बसेको उनको पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरीले पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *