गाैरादह , २ कार्तिक / झापाकाे दमकमा रहेकाे आम्दा अस्पताल भाेली साेमबार कार्तिक ३ गतेदेखि बन्द गरिने भएकाे छ । अस्पतालले आज एक सुचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।

अस्पताले जारी गरेकाे सुचनामा आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीलाई काेराेना संक्रमण देखिएकाे कारण अस्पताल ५ गते बुधबारसम्म ‘सटडाउन’ गर्ने जनाएकाे छ ।

अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुकाे कन्ट्राक ट्रेसिङ्ग र अस्पताल निर्मलिकरणलागि २ दिन बन्द गर्न लागीएकाे जनाईएकाे छ । आम्दा अस्पताल स्थानिय व्यावस्थापन समितिकाे परामर्श र आन्तरिक व्यावस्थापन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्टकाे हस्ताक्षर रहेकाे सुचनामा जनाईएकाे छ ।

Facebook Comments