गाैरादह , २ कार्तिक / झापाको गौरादहमा आज(आइतबार) ३ जना ब्यावसायीलाई काेराेना संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना एकै परिवारका रहेकाे नगर स्वास्थ्य शाखाले जनाएकाे छ ।
जसमा १ महिला र २ पुरुष हुन, उनिहरु गाैरादह ५ का श्रीमान श्रीमती र संक्रमित पुरुषका भाइ रहेको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

दुईजना श्रीमान श्रीमती गौरादह-५ को स्कुलचौनमा मासु व्यवसाय सञ्चालन गर्दै आएको जनाइएको छ । यस्तै, संक्रमित पुरुषका भाई दमकमा औषधी व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनिहरुले आफैं सःशुल्क नोवेल हस्पिटल विराटनगरमा पीसीआर परीक्षण गराएका हुन ।

Facebook Comments