दमक / २ कार्तिक / प्रधानमन्त्री  केपी शर्मा ओलीले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्र्याइने बताउनु भएकाे छ  । उहाँले निरोगी नेपाल निर्माणको अभियानमा सरकार दत्तचित्त भएर लागेको बताउनुभयाे  ।

आज दमक अस्पतालको निर्माण हुने नयाँ भवनको शिलान्यासमा जुम मार्फत सम्बाेधन गर्दै ओलीले सबै नागरिकलाई निरोगी बनाउने अभियानमा सरकार लागेको बताउदै भन्नुभयाे, नागरिकलाई सकभर राेग  नलागोस्, लागेपनि उपचार नपाउने अवस्था अब हुदैन् । निरोगी नेपाल निर्माणका लागि आहार,सरसफाई, व्यापाम, आरामलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रोग लागेका नागरिकलाई उपचार गरेर ठिक बनाइने बताउनुभयाे

विश्वब्यापी महामारीका कारण विश्वकै अवस्था अस्तब्यस्त बनेको उल्लेख गर्दै उहाँले कोभिड १९ नियन्त्रण भन्दा बाहिर नगएको उल्लेख गर्नुभयाे । जनताको चेतनाको कमि भएका कारण अहिले फैलियो, शुरुदेखि नियन्त्रणमा राखेका थियौ, उहाले भन्नुभयाे , अहिले हामी त्यसलाई नियन्त्रणमा राख्नका लागि अधिकतम प्रयास जारी राखेका छौ । उहाले थप्नुभयाे संक्रमण बढ्न नदिनका लागि स्वास्थ्यकर्मी, चिकित्सकले खेलेको भुमिकाको प्रशंसा गर्नुभएकाे छ  । अहिले कोभिडका कारण केही कामहरुले गति लिन नसकेको बताउँदै उहाँले तर सरकार प्रतिकूलतालाई चिर्दै अघि बढ्ने छ ।

कार्यक्रममा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्क लिम्बुले अस्पतालको अवस्थाका बारेमा बताउनुभएकाे थियाे । २१ करोडका लागतमा ३ तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । २०४५ सालमा दमक हेल्थपोष्टबाट शुरु भएको दमक अस्पताल अहिले १५ बेडको सरकारी अस्पताल बनेको छ ।

Facebook Comments