झापा , २ कार्तिक / झापामा प्रशासनले कोजाग्रत पूर्णिमा सम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड क्राइसेस मेनेजमेन्ट सेन्टरको बैठकले यस्ताे निर्णय गरकाे हाे ।

निर्णय अनुसार आजदेखि कार्तिक १४ गते पुर्णिमा सम्म पसल अनिवार्य ८ बजे बन्द गर्नुपर्ने छ । बैठकले बेलुका ८ बजे पछी सबै खाले सवारी साधन, पसल बन्द गर्ने निर्णय गरेको छ । यस्तै नवमीसम्म मठमन्दिरमा नित्य पुजा गर्ने पुजारी बाहेक अरुलाई प्रवेश नदिने, अबैध घरेलु मदिरा उत्पादन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले जारी गरेको निषेधाज्ञामा मेला, महोत्सव, तास जुवा जस्ता गतिविधी नगर्न आग्रह गरिएको छ । यस्तै सबैलाई घर भित्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ । यसैगिर ध्वनी प्रदुषण हुने गतिविधि नगर्न नगराउन भनिएकाे छ ।

Facebook Comments