गाैरादह , १ कार्तिक / झापाकाे गाैरादहका एक पुरुषकाे दाहसंस्कारपछि काेराेना संक्रमण पुष्टि भएकाे छ । गाैरादह १ बेलडाँगीका ६९ बर्षिया वृद्ध पुरुषकाे मृत्यु भई दाहसंस्कार गरेकाे भाेलिपल्ट काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि हुने पुरुषकाे २९ गते बिहिवार मृत्यु भएर दाहसंस्कार गरिएकाे थियाे तर काेराेना परिक्षणकाे रिपाेर्ट ३० गते शुक्रबार आएकाे गाैरादह नगर स्वास्थ्य शाखाले जानकारी दिएकाे छ ।

मृतक दिर्घ राेगी रहेकाे नगर स्वास्थ्य शाखा संयाेजक पर्शुराम भट्टराईले बताउनुभयाे । मृतकलाई अन्य राेगकाे उपचारकाेलागी बिराटनगर स्थित नाेवेल अस्पताल लगिएको र त्यँहि पिसिआर परिक्षणकालागी स्वाब लिईएकाे भट्टराईले जानकारी दिनुभयाे ।

तर साेहि दिन उपचारकै क्रममा अस्पतालमै उनकाे मृत्यु भएकाे थियाे । काेराेना परिक्षणकाे रिपाेर्ट नआई मृत्यु भएपछि परिवारले शव ल्याएर , कन्काई घाटमा दाहसंस्कार गरेकाे वडा नम्वर १ का अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयाे । हाल मृतकका परिवार काजक्रियामा रहेकाे र याे बिचमा कसैलाई लक्षण देखिएकाे खण्डमा कन्टाक ट्रेसिङ्ग गरिने भण्डारीले बताउनुभयाे ।

याे संगै गाैरादहमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । मृतक दुबैजना पुरुष हुन भने गाैरादहमा अहिलेसम्म ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments