झापा / चाडबाड नजिकिदैं गर्दा ग्यास सिलिण्डरबाट हुनसक्ने दुर्घटनाकाे जाेखिमपनि बढने गरेकाे पाईन्छ । हामिले घरभित्र खाना पकाउन प्रयाेग गर्ने ग्यास सिलिण्डरकाे प्रयाेगमा हुने थाेरै लापर्वाही कहिलेकाँही भयानक दुर्घटना निम्त्याउने सम्भावना रहेकाे हुन्छ । यसलाई कम गर्न  सिलिण्डरलाई सुरक्षित तरिकाले प्रयाेग गर्नुका साथै सिलिण्डरमानै केही समस्या छ कि भनेर जाँच गरिराख्नु पर्दछ ।  यहाँ ग्यास सिलिण्डरलाई कसरी सुरक्षित गराउने र सम्भाबित दुर्घटनाकाे पहिचान गर्दै कसरी सुरक्षित रहने भन्ने बिषयमा महत्वपुर्ण जानकारी प्रस्तुत गरिदैछ ।

सिलिण्डर कसरी सुरक्षित गराउने ?

आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् :–

डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।

डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।

भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।

कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।

ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।

ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।

खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।

खाना पकाउँदा कोठाको झ्याल ढोका बन्द गर्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।

दुर्घटना पहिचान र सतर्कता 

सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ ।  यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन् :–

ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।

ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।

ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।

ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।

ग्यासको अनावश्यक भण्डारण नगर्ने

Facebook Comments