गौरादह , ३० असाेेज /  झापा गौरादह १ का समाजसेवी रत्नबहादुर श्रेष्ठ सम्मानित हुनुभएकाे छ । ६५ औ प्रहरी दिबसका अबसरमा उनलाई सम्मान गरिएको हो ।

इलाका प्रहरी कार्यालय गौरादह र ट्राफिक प्रहरी कार्यालय गौरादहलाई जग्गादान गर्ने श्रेष्ठको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले श्रेष्ठलाई सम्मान गर्नुभएकाे थियाे । उहाँ गौरादह क्षेत्रकाे सामाजिक ब्यक्तित्व हुनुका साथै , गाैरादहमा मठ मन्दीर, कार्यालय निर्माणका ठुलो सहयोग गर्दै अाउनुभएकाे छ । श्रेष्ठकै सकृयतामा गौरादहमा दुबै प्रहरी कार्यालयले जग्गा प्राप्त गरेका छन् । उहाँले दुबै प्रहरी कार्यालयलाई भवन निर्माणका लागि जग्गा दान गर्नुभएकाे थियाे ।

प्रहरी दिवसकाे उपलक्षमा झापामा भब्य कार्यक्रम :

६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय झापाले भव्य रुपमा सम्पन्न गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका छोराछोरीलाई सम्मान गरिएको छ ।

कार्यालयले उत्कृष्ट कर्मचारी तत्कालिन प्रजिअ उदय शम्शेर रानासहित आठ प्रहरीलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा प्रनानी (सई)  दीपबहादुर बानियाँ, शुभराज राई, जानुका चौहान, राजेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र प्रहरी जवान साजन कार्की, मनकुमारी चौहानलगाएत रहेका छन् ।

यसैगरी, कार्यक्रममा गौरादहमा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने गौरादह नगरपालिका-७ का रत्नबहादुर श्रेष्ठ, डम्बर कुमारी ढुङ्गेल, सकुन्तला देवी महतोलगायत पाँचजनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयले स्थापना गरेको प्रहरी सन्तति जेहेन्दार पुरस्कारबाट हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्व प्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु. १० हजार नगतसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटरका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा पूर्व प्रहरी संघका अध्यक्ष खेमराज कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

Facebook Comments