आदरणीय संम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु, हामिहरु यतिखेर बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस(Covid 19)का कारण नेपाल समेत संक्रमण गम्भीर चपेटामा परेका छौ। यो अबस्थाको पुर्ब अनुमान गरि बिगत ०७६ फाल्गुण देखिनै नेपाल सरकार ,प्रदेश सरकार र स्थानिय सरकारहरुले उच्च सतर्कता सहित संभावित जोखिम को आकलन गरि प्रतिरक्षा,नियन्त्रण र उपचारका विभिन्न उपायहरु अबलम्बन गरिरहेका नै छौ।
तर यो महामारी अझै बढने नै छ, अहिले सम्म बिश्व बजारमा यसको उपचार विधि आईसकेको छैन। त्यसकारण हामी आँफूले अपनाउने स्वास्थ सुरक्षा अपनाउने नै यसको एक मात्र सुरक्षित उपाए हो । सरकारले क्वारेन्टाइन , परिक्षण , आईसोलेशन , अक्सिजन, प्लाज्मा थेरापी , भेण्टिलेटरको ब्यबस्थापन लगायत अरु बैकल्पिक उपचार बिधि आफ्नो क्षमताले भ्याएसम्म पुर्ण रुपमा अबलम्बन गरेको छ र गर्ने नै छ्। अरु थपकेही गर्नु अपनाउनु पर्ने भए यहाँहरुको सल्लाह सझाब कुनै पनि बेला लिन सरकार तयार छ । यहाँहरुले कुनै पनि स्वास्थकर्मी , आयुर्वेद , होमियोपेथिक , प्राकृतिक र ईलियोपेथिक कुनैपनि प्रकारका उपचारकर्मीको स्वास्थ सल्लाह लिन सक्नु हुने छ । स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकारका स्वास्थकर्मी , सुरक्षाकर्मी , निजामति र जनप्रतिनिधिहरु यहाँहरुको स्वास्थ र सुरक्षामा २४ सै घण्टा हाजिर हुनुहुनेछ र खटनै पर्ने छ ।

यति नै बेला हामी नेपाली मात्रको महत्वपूर्ण सांस्कृतिक चाडपर्व दशै, तिहार , नेपाल संवत् , छठ, उधौली र ल्होसार जस्ता संघार मा छौ । तसर्थ हामी कोभिड महमारिको बिच पर्बोत्सब (फेस्टिभ मुड ) मा पनि छौ। गम्भीर प्रबृत्तिको कोरोना लगायत स्वास्थ समस्या भए यहाहरुले आफ्नो नजिकको जनप्रतिनिधि , स्वास्थकर्मी , सुरक्षाकर्मी, निजामती तर्फको जुनसुकै राष्ट्रसेवक कर्मचारीलाई सुचना वा खबर गर्नु होला र जुनसुकै तहका जनप्रतिनिधि वा राष्ट्रसेवक कर्मचारी आफ्नो न्युनतम जिम्मेवारी वा मानबिय दायित्व पूरा गर्नु होला ।

बिदा वा पर्बोत्सब ( फेस्टिभ मुड) हामि जो कोहिको हुन्छ त्योभन्दा ठूलो कुरा मानबियता र मानवमूल्य अथार्त मानवजिवन हो । समस्या परेको मानिस आफू भएको कल्पना गरेर हेरौं/सोचौं । हामि सबै जिम्मेवार बनौं । साथै हामी सर्वसाधारण मान्छेहरुले पनी हाम्रा चाडपर्वहरु र आफ्ना नियमित काम लाई बिगत सामन्य अवस्था वा आफ्नो मानबधिकार सम्झेर हल्का र सामन्यरुपमा नलिईकन गम्भीर बनौ ।
स्वास्थ/जीवन रहे आगामी जिवनका हाम्रा चाडपर्वहरु थप उत्साह र रमाईलो गरि मनाउला है ! यस बर्ष उच्च स्वास्थ सुरक्षा अपनाएर हाम्रा दैनिकी , र सांस्कृतिक चाडपर्ब आफ्ना परिवार सग “जहाँ छौ , त्यही मनाउ ,जहाँ छौ त्यही रमाउ ” “आफू बचौ अरुलाई पनि बचाऔं।” धन्यवाद!

Facebook Comments