गाैरादह , ३० असाेज / गाैरादहमा वडा सदस्य सहित २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । निजी अस्पतालमा परिक्षण गर्नुभएका उहाँहरुकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

आज संक्रमण पुष्टि हुनुहुने गाैरादह १ का वडा सदस्य काेमल ढुंगाना र गाैरादहकै दिपक उप्रेती रहनु भएकाे नगर स्वास्थ्य शाखा संयाेजक पर्शुराम भट्टराईले जानकारी  दिनुभयाे । उहाँहरु आफ्नै घरमा हाेम आईसाेलेसनमा बस्नुभएकाे छ । वडा सदस्य कमल ढुंगानाले झापा टाईम्स संग कुरागर्दै रिपाेर्ट पाेजेटिभ आएकाे बताउनुभयाे , उहाले आफैंलाई शंकालागेर निजी अस्पतालमा परिक्षणकालागी स्वाव दिएकाे र अस्पतालले रिपाेर्ट पाेजेटिभ भएकाे जानकारी दिएकाे बताउनुभयाे । उहाँले आफ्नाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताउनुभएकाे छ ।

गाैरादह नगरपालिकाले हाेम क्वारेन्टिनमा बस्नदिने , क्वारेन्टिनमा बस्नेलाई लक्षण बिना पिसिआर परिक्षण नगर्ने :

गाैरादह नगरपालिकाले बिदेशबाट आउनेहरुलाई हाेम क्वारेन्टिनमा बस्न दिने जनाएकाे छ । भारत बाहेक तेस्राे मुलुकबाट ७२ घण्टा भित्र पिसिआर गरेकाे रिपाेर्ट सहित आउनेलाई हाेम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेकाे नगर प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयाे । यसमा भारतकाे परिक्षण रिपाेर्ट  मान्य नहुने भण्डारीले बताउनुभयाे । उहाँले यसकाेलागी हाेम क्वारेन्टिन बस्ने घरमा परिवारसँग घुलमिल नहुने वातावरण अनिवार्य रहेकाे बताउनुभयाे । घरमा छुट्टै शाैचालय , छुट्टै पकाउने ,खाने , सुत्ने लगायत परिवारका सदस्यहरुसँग सामुहिक हेलमेल हुन नसक्ने वेवस्था हुनुपर्ने उहाँकाे भनाई थियाे ।

त्यस्तै नगरपालिकाले सार्वजनिक क्वारेन्टिनमा बस्नेहरु सबैकाे काेराेना परिक्षण नगर्ने बताएकाे छ । नगर स्वास्थ्य साखा संयाेजक पर्शुराम भट्टराईका अनुसार अब क्वारेन्टिनमा लक्षण देखिनेकाे मात्र पिसिआर परिक्षणकालागी स्वाब लिईने छ । लक्षण नदेखिनेहरुलाई क्वारेन्टिनकाे निर्धारित समयपछि परिक्षण बिना घर पठाईने भट्टराईले बताउनुभयाे । यसअघि क्वारेन्टिनमा बस्ने सबैजनाकाे अनिवार्य पिसिआर परिक्षण गरेर रिपाेर्ट नेगेटिभ आएपछि मात्र घर पठाईने गरिएकाे थियाे ।

Facebook Comments