कनकाई , २७ असाेज / झापा कनकाई नगरपालिका १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाबाट उम्मेद्धार बनेका नै नेकपामा प्रवेश गरेका छन ।

आज नेकपाको विशेष कार्यक्रममा नेपाली कांग्रेसकी दलित वार्ड सदस्यकी उम्मेद्धार संगिता ल्वागुन र राप्रपाबाट दलित सदस्यकी उम्मेद्धार पार्वता नेपालीले आ-आफ्नो पार्टी छाडेर नेकपामा प्रवेश गर्नुभएको छ । यसैगरि नेपाली कांग्रेसका प्रतिष्ठित नेता शुशिलकुमार पोखरेल लगायत कनकाई १ नम्बर वार्डका ९३ जना नेपाली कांग्रेस र राप्रपाका पार्टी सदस्यहरु आज एकसाथ नेकपामा प्रवेश गरेका छन ।

दुर्गापुरमा आज आयोजित कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मणिकुमार साम्पाङ्ग बिजय , प्रदेशसभा सदस्य तथा नेकपा नेता हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा नेकपा जिल्ला कमिटी सदस्य राजेन्द्रकुमार पोखरेल, पार्टीका नगर इन्चार्ज गोपाल प्रसाई, अध्यक्ष रविन्द्र लम्साल, सचिव विष्णुप्रसाद बिमली, कनकाई १ नम्बर वार्डअध्यक्ष रोषनराज पोखरेल , पार्टीका वार्ड अध्यक्ष ऋषिराम खतिवडा, वार्ड इन्चार्ज प्रेमप्रसाद अधिकारी, सचिव दलबहादुर विश्वकर्मा लगायातले नव पार्टी प्रवेशीलाई स्वागत र पार्टी सदस्यता बितरण गर्नुभयो । कार्यक्रममा बोल्दै दलित नेता छबिलाल विश्वकर्मा लगायातका अतिथिहरुले पार्टी प्रवेशीलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्धता जनाउँनु
भयो ।
कनकाईअनलाईन

Facebook Comments