Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

आईसाेलेसनमा नबस्ने र स्वाब दिएर लखरलखर गर्नेलाई कार्वाही हुने

झापा , २४ असाेज / कोरोना संक्रमण भए पनि आइसोलेसनमा नबस्नेलाई संक्रामक रोग ऐनअनुसार पक्रेर कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित आइसोलेसनमा नबसे ऐनअनुसार ६ महिना कैद सजाय हुने बताए ।

‘केही संक्रमित आइसोलेसनमा नबसेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ,’ गौतमले भने, ‘हामीले गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई आइसोलेसनमा नबस्ने संक्रमितलाई पक्रेर कारबाही गर्न सूचना गरिसकेका छौँ ।’

साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *