Categories
देश ब्यापार विचार

गहुँ छर्ने बेलामा यसाे गर्दा अधिक उब्जनी हुन्छ । किसानले जान्नैपर्ने कुरा :

 झापा – हिउँदमा खेती गरिने बालीमा गहुँ प्रमुख बाली हो । गहुँ नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली हो । नेपालको समग्र खाद्यबाली  उत्पादनको १८.७६ प्रतिशत उत्पादन गहुँ बालीले ओगेटेको छ ।

नेपालमा कुल कृषियोग्य भूभाग मध्ये ७ लाख चार हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । यस्को उत्पादन सरदर प्रति हेक्टर २८४८ किलोग्राम हुने गर्छ ।

राम्रो गहुँ उत्पादन लिनका लागि माटो र हावापानी अनुसारको बीउ हुनु राम्रो मानिन्छ । बीउ छनाेट गर्दा रोग नलाग्ने खालको बिउ छनाेटमा ध्यान दिनुपर्छ। त्यसको लागि कृषि विज्ञसँग परामर्श लिनुपर्दछ ।

गहुँ छर्ने समय

पहाडमा गहुँ छर्ने समय असोजको अन्तिम सातादेखि कात्तिकको अन्तित सातासम्म रहेको छ । तराईमा गहुँ छर्ने समय कात्तिकको अन्तिम सातादेखि मंसिरको दोस्रो सातासम्म रहेको छ ।

उपयुक्त समय भन्दा ढिलो वा चाडो गहुँ छरे राम्रो उत्पादन गहुँले दिँदैन ।

बीउ दर 

गहुँ खेतीको लागि एक सय २० केजी प्रति हेक्टर गहुँको बीउको आवश्यक पर्छ । तर छरुवा विधिबाट ढिलो गहुँ छर्नुपर्ने अवस्थामा दानाको आकार ठूलो भए लाग्ने भन्दा २५ प्रतिशत  बढाउनुपर्छ ।

गहुँको लागि मलखाद् व्यवस्थापन 

तराईको लागि सिंचाईको व्यवस्था रहेको क्षेत्रमा डीएपी ३.६ केजी, पोटास २.७ केजी, जिउठीआठ २.२ केजी प्रति कठ्ठाका दरले प्रति कठ्ठा गहुँ छर्ने बेलामा माटोमा मिसाउनुपर्छ ।  ३.६ केजी यूरीया प्रति कठ्ठाका दरले पहिलो सिचाईं पछि गहुँ छरेको २० देखि २८ दिन सम्मा टप ड्रेस गर्नुपर्छ ।

तराईको असिन्चित क्षेत्रमा डीएपी २.१७ केजी यूरीया ३.५ केजी  र पोटास १.१ केजी प्रति कठ्ठाका  दरले गहुँ छर्ने बेलामा माटोमा मिसाउनु पर्छ ।  प्रति हेक्टर क्षेत्रफलमा ६ टन गोठेमल  अथवा कम्पोस्ट मल र रासायनिक मल १५०ः५०ः५० नाइट्रोजन फ्रोसफरस र पोटास प्रयोग गर्दा गहूँबाट राम्रो उत्पादन लिन सकिन्छ ।

झार नियन्त्रण 

गहुँ खेती गर्दा झारको पनि उचित व्यवस्थापन गर्नु राम्रो मानिन्छ । गहुँमा सामान्यतया उम्रने खालको झार भनेको चौडा पाते साघुँरोपाते झार  हो । गहुँ खेतमा उम्रने चौडा  पातेझारमा बेथे, कृष्ण निल, कुटीलकोसा हलहले झारहरु पर्छन् । साघुँरोपाते झारहरुमा रगते झार हात्ती सुडेँ झारहरु पर्छन् ।

झार नियन्त्रण गर्न झारहरु आउनु अगाडि वा गहुँ छरेको ७२ घण्टा भित्र माटोमा चिस्यान छदैँ  पिन्डी मिथालिन एक लिटर, बजारमा पाइने सकृय भिस ३ं.३ लिटर प्रति हेक्टरको लागि ४०० देखि ५०० लिटर पानीमा मिसाएर छर्नुपर्छ ।

सिंचाई

गहुँ बालीमा सिंचाईं कति पटक दिने भन्ने कुरा सिंचाईको सुविधा, माटोको किसिम र मौसममा भर पर्छ । पानी निकासको उचित प्रबन्ध भएको बलौटे हलुका माटोमा ३ देखि पाँच पटक सम्म सिंचाई दिन सकिन्छ ।

पानी दिएपछि छिट्टै सुक्ने खालको जग्गा र मौसम भए सामान्यतया २० देखि ३० दिनको फरकमा सिंचाई गर्न सकिन्छ । मुकुट जरा अवस्था, गहुँ छरेको २० देखि २८ दिनमा बाला निस्कने अवस्था र दुध भरिने अवस्था गरि ३  पटक सम्म सिचाईं गर्नुपर्छ ।

यसरी सिंचाई गर्दा गहुँमा पानी जमे उत्पादनमा अतिनै कमि हुने भएकाले पानीको लागि निकासको व्यवस्था गर्नुपर्छ ।

गहुँमा लाग्ने रोग खैरो सिन्दुरे, पहेँलो सिन्दुरे, कालो सिन्दूरे र पात डडुवा रोग छन् । यी रोगबाट बच्न राष्ट्रिय गहुँ बाली विकास कार्यक्रमले निकालेको रोग प्रतिरोधात्मक बीउहरु विज्ञको सल्लाहमा  लगाउनुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *