१३ असाेज , झापा । भारतकाे सिने क्षेत्र बलिउडमा सुशान्त सिंह राजपुतकाे रहस्यामय मृत्युकाे घटना नसकिदै अर्का एक अभिनेताको रहस्यमय मृत्यु भएको छ । २६ वर्षका टिभी अभिनेता अक्षत आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकाका हुन् ।

उनको डिप्रेसनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनमा गएको र उनले आत्महत्याको बाटो रोजेका हुन् । यता मृतकका परिवारले भने डिप्रेशनको सिकार नभएर हत्या भएको आरोप लगाएका छन् । प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।

अभिनेत्री अक्षत एक महिला साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दै आएको प्रहरीले जनाएको छ । ति महिला साथीका अनुसार उनको व्यवहार सामान्य र उनीहरुबीच खाना खाएर सुत्न अघिसम्म सामान्य कुराकानी समेत भएको थियो । प्रहरीले एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत नभेटिएको प्रहरीले बताएको छ । लकडाउन भएदेखि उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारा चलाइरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
एजेन्सीकाे सहयाेगमा

Facebook Comments