Categories
देश विचार

नेपालवाद : नेपालकाे राजनैतिक निकास बारेमा एक प्रस्ताव

भाेजराज दाहाल
हाल नेकपाकाे दुईतिहाई बहुमतकाे सरकार भए पनि स्पस्ट लक्ष र  गन्तव्यकाे अभावमा मुलुक र सरकार निकासहिन अलमलकाे भुँवरीमा फसेकाे अनुभूति हुन्छ । यश अवस्थामा मुलुकलाई निकास दिनकाे निम्ति सरकार र राजनैतिक दलहरु आ-आफ्ना आग्रह-पुर्वाग्रहवाट माथि उठी याे देश सबैकाे साझा हाे र यसकाे अगाडि देखा परेका समस्याहरु सबैका साझा हुन् , भन्ने मान्यतालाई अात्मसात गरी समस्याकाे समाधान सबैले मिलेर खाेज्नु पर्ने वाद्यात्मक अवस्था श्रृजना भएकाे अनुभूति हुन्छ ।

यसकाे निम्ति पहल गर्ने पहिलाे दायित्व सत्तारुढ दल नेकपा र त्यस दलकाे नेता तथा प्रधानमन्त्रि केपी अाेलीकै हुन जान्छ । कठिन माेडहरुमा सफल नेतृत्वले कहिलेकाहीं कठाेर र अलाेकपृय निर्णय पनि लिनु पर्ने हुन्छ । कठिन र संकटका क्षणहरुले नै राजनेता जन्माउँछ । (गम्भीर भएर परिस्थितिलाई नियाल्ने हाे भने, वर्तमानकाे संकटले प्रधानमन्त्री केपी अाेलीलाई राजनेता वन्ने  दिईरहेकाे प्रतीत हुन्छ ।) यसकाे निम्ति नेपाली ईतिहासमा नाम लेखाएका शिखर पुरुषहरुका देनलाई सम्मानपुर्वक ग्रहण गर्दै उनीहरुकाे मार्गनिर्देशनलाई एकीकृत गरि ग्रहण गर्न सकियाे भने अझै पनि नेपाल र नेपालीकाे उज्वल भविष्य सुनिस्चित नै छ ।

याे लक्षमा पुग्ने मार्गचित्र तयार गर्नकाे निम्ति :

“०६२/०६३ काे आन्दाेलनका उपलव्धिहरु ” काे पनि समीक्षा गर्न सबै बिना आग्रह-पुर्वाग्रह तैयार रहनै पर्दछ । यदि ती “उपलव्धिहरु ” नेपाल र नेपालीकाे निम्ति वास्तविक हितमा भएकाे ठहरेनन् भने संवैधानिक रुपमा एक कदम पछाडी अाएरै भए पनि निकासकाे साझा मार्ग खाेज्नै पर्दछ ।

देश कुनै व्यक्तिकाे, परिवारकाे, दलकाे अर्थात समुहकाे पेवा हाेईन। देशलाई कुनै व्यक्ति, परिवार तथा समुहकाे धेरा भित्र सिमित गर्ने र गर्न खाेज्ने हिजाेकाे संकीर्ण र सामन्ति दवदवाकाे परिणाम २००७ साल देखि नै हरेक दशकमा त्यस्ताे जनविराेधि प्रवृत्तिकाे विराेधमा “विप्लवि (विद्राेही) प्रवृत्ति” देखा परेकाे छ । नेपाली काँग्रेसकाे नेतृत्वका वम काण्ड तथा विमान अपहरण काण्ड, नेकपा नेतृत्वकाे ०२८ काे झापा विद्राेह, ०३५/३६ काे पञ्चायत विराेधि संयुक्त विद्यार्थी अान्दाेलन, ०४६/४७ काे निर्दलियता विराेधि संयुक्त अान्दाेलन, ०५२-०६२ मा माअाेवादीकाे नाममा सञ्चालित सशस्त्र विद्राेह, ०६२/६३ काे निरंकुशता विराेधि संयुक्त अान्दाेलन, हाल प्रतिवन्धित भनिएकाे नेकपाकाे अान्दाेलन यी सवै नै नेपाली राजनीतिमा देखा परेका “विप्लवि (विद्राेही) अान्दाेलन” हुन् ।

हरेक दशकमा नेपाली जनताले “विप्लवी अान्दाेलन” व्यहाेर्नु पर्ने नियति किन जन्मिन्छ…!? अाजकाे गम्भीर प्रश्न यही हाे…! मानिसका अाधारभुत अावश्यकताका कुराहरु: गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र राेजगारकाे जबसम्म सुनिस्चितता हुँदैन; जवसम्म राज्य सवै जनताकाे साझा हाे भन्ने अनुभूति हुँदैन; जवसम्म सरकारवादी दल र व्यक्तिहरुले राज्य संयन्त्रलाई जनता माथी अाफ्नाे हैकम जमाउने हतियारकाे रुपमा प्रयाेग गरिरहन्छन्; राज्यकाेषलाई अाफ्नाे र अाफ्नाहरुकाे संकीर्ण स्वार्थ र लाभकाे निम्ति “दुहुने भैंसी” बनाई रहन्छन; फरक विचार-मान्यता-दलका मानिसहरुलाई अाफ्नाे खाईन-पाईन तथा हाली-मुहालीकाे दुष्मन ठानिरहन्छन् र सर्वसाधारण जनतालाई ‘यान्त्रिक दास’ ठानिरहन्छन् । राजनीतिमा “विप्लवहरु र विप्लवि अान्दाेलनहरु” जति प्रतिवन्ध लगाए पनि, जति दमन-धरपकड गरेपनि राेकिंदैनन् । याे नेपालकाे अाठ-नाै दशकका अनेकन अान्दाेलनहरुले प्रमाणित गरिसकेका छन् ।

त्यसैले, यस्ता “विप्लवि अान्दाेलनहरु” लाई सदाकाे निम्ति अन्त्य गर्नु अाजकाे अावश्यकता हाे । यसकाे निम्ति राष्ट्रिय राजनीतिका जिम्मेवारहरुले पुन: एक पटक, ०६२/६३ काे पुर्व अवस्थामा अाई, सर्वदलिय मात्रै हैन, सर्वपक्षिय र राष्ट्रिय स्तरकाे गाेलमेच सम्मेलनकाे अायाेजना गरि अविलम्व दीर्घकालिन निकास तर्फ लाग्नु अाजकाे अावश्यकता हाे । यश सम्मेलनले (राजतन्त्र हैन) पुरानाे राजावादी मान्यता वाेकेका शक्ति र हाल प्रतिवन्धित भनिएकाे “विप्लववादी” शक्तिलाई पनि (देश उनीहरुकाे पनि हाे भन्ने मान्यतालाई स्वीकार गरि) गाेलमेचमा सहभागी गराउन सक्नु पर्दछ !

नेपालका समस्या समाधानमा हाल सम्म मार्गदर्शक मानिएका अायातित तथा व्यक्ति सम्वन्धित “वादहरु” पुर्ण असफल सिद्द भएकाे प्रमाणित भएकाेले त्यस्ता “राजनैतिक पथप्रदर्शक वादहरु” काे भ्रमपुर्ण माेहबाट मुक्त भई अब हाम्राे अाफ्नै माैलिक मार्गदर्शक सिद्दान्त “नेपालवाद” काे विकास गरिनु अावश्यक छ !

यसकाे निम्ति :

* नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहकाे नेपाललाई सवै जात, वर्ण र धर्मकाे साझा फुलवारीकाे सपना !
* स्व. राजा महेन्द्र वीरविक्रम शाहले अवलम्वन गरेकाे सफल नेपालकाे विकास नीति र असंलग्न परराष्ट्र नीतिकाे मार्ग चित्र !
* जननायक स्व. वी.पी. काेईरालाले परिकल्पना गरेकाे अार्थिक र सामाजिक न्याय सहितकाे नेपाली प्रजातन्त्र
* स्व. कमरेड पुष्पलाल श्रेष्ठले प्रस्ताव गरेकाे नेपाली जनवाद र संयुक्त माेर्चा वारेकाेका अवधारणा,
* स्व. जननेता क. मदन भण्डारीले प्रस्ताव गरेकाे दलिय प्रतिश्पर्धा सहितकाे वाम कार्यक्रम जनताकाे जनवाद !
यी माथि उल्लेखित नेपाली माटाेमा जन्मि हुर्किएका, विवेक सम्मत अनुभवले खारिएका देशभक्त नेपाली नेताहरुले प्रस्ताव गरेका साझा कुराहरुलाई पहिल्याई साझा दृष्टिकाेण “नेपालवाद…” काे संस्लेषण गर्दै देश र जनतालाई अनिस्चयका भुँवरीवाट जाेगाउनु अहिलेकाे हामी सवैकाे निम्ति गम्भीर चुनाैतिकाे विषय हाे !
यही “नेपालवाद ” ले मात्रै “समृद्द नेपाल, सुखी नेपाली” काे प्रस्तावित नारालाई सार्थक बनाउनेछ ।

अन्त्यमा, स्वर्गीय रुपचन्द्र विष्टकाे “जाे जति शक्तिमा छ, देश सप्रे विग्रेकाेमा उ त्यतिनै जिम्मेवार हुन्छ !” भन्ने भनाईलाई पस्कँदै, हालकाे सत्तारुढ दल नेकपा र त्यसका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी आेली प्रति वढी नै अाशावादी नजरले हेर्दै र आग्रह समेत गर्दै अन्तर मनका कुराहरु जस्ताकाे तस्तै राख्ने
जय नेपालवाद !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *