असाेज ११ , झापा  । कोरोनाको कारण झापाको कनकाई नगरपालिका वडा नं. ९ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहिबार कोरोना पुष्टि भएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भर्ना गरिए गरिएको थियो ।  श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित ती पुरुषलाई थप उपचारका लागि कोरोना कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अधिकारीले संक्रमणका कारण गएराति स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पताल लगिएको र उनको त्यही मृत्यु भएको बताए ।

 

संक्रमित ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको थियो ।  योसँगै कनकाई नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कनकाईकै ४५ वर्षीया महिलाको मृत्यु भएको थियो ।

Facebook Comments