Categories
कोरोना देश ब्यापार मुख्य विचार

ट्रान्सपरेन्सी इन्टरनेसनलको भनिएको रिपोर्टको नालिबेली 

केही संचार माध्यमहरु “ट्रान्सपरेन्सी इन्टरनेसनल”को हावाला दिदै सरकार र विशेषगरी प्रधानमन्त्री बिरुद्द नाङो रुपमा प्रस्तुत भएका छन । यो रिपोर्ट कसरी तयार पारियो? यस्का समग्र आयामहरु, विरोधाभाष बुंदाहरु (तथ्य हैन) र मिसन मिडियाले जबर्जस्त उछालेका विषयहरुका बारेमा केही प्रसंगहरु प्रस्तुत गर्दछु ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले तैयार पारेको यो रिपोर्ट आँफैमा तथ्यमा आधारित (Fact Based) नभै दृष्टिकोण र जन सर्भेक्षण (Perception Based) मा आधारित हो । हैन भन्ने लाग्छ भने आउनुहोस् बहस गरौ ।

यस रिपोर्टका लागि गरिएको सर्भेक्षण गत मार्चदेखी सेप्टेम्बरसम्म रयाण्डम स्याम्प्लिङ विधी अन्तर्गत गरिएको छ । तर त्यो सेलेक्सन कसरी भयो भन्ने प्रश्न विचारणिय छ । १००० जना नेपाली नागरिकबीच लिईएको भनिएको यो सर्भेक्षणमा एक जनालाई पनि प्रत्यक्ष भेटिएको हैन र सबै टेलिफोन मार्फत भएको जनाईएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा गत जनवरीमा प्रकाशित रिपोर्टमा नेपालको करप्सन स्टाटसमा (Perception Based Index) सुधार आइ १२६ बाट ११४ मा उक्लेको ताजा रिपोर्ट छ तर त्यस्को ३ महिना मात्र पछाडि लिइएको फोन सर्भेक्षणले कसरी वार्षिक अवस्थाको चित्रण गर्यो ? र त्यो ३ महिनामा देशमा के अवस्था आएको थियो त्यसरी जुन आजका केही मिडियाले भ्रम फैलाए ?

एकपटक रिपोर्टको पेज नं १९ र पेज नं. ८ मा रहेको तथ्यान्कलाई ध्यान दिएर हेरौ । पेज १९ मा नेपालमा रहेका एन्टी करप्सन एजेन्सीहरुको (अख्तियार, सतर्कता केन्द्र आदी) भूमिकाका सन्दर्भमा ८४% सहभागि (१००० मध्यका)ले उनिहरुको भूमिका राम्रो रहेको बताए, नेपालको तेस्रो पोजेटिभ स्थानमा छ, यही प्रश्नमा जापान जत्तिको विकसित देशमा ४८% मात्र सन्तुष्ट देखिएका छन, नेपालमा ८४% ।

अब पेज नम्बर ८ मा हेरौ गत १२ महिनादेखी भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने प्रश्नमा ५८% नेपाली (१००० मध्य )ले बढेको छ भनेका छन । जुन प्रतिशत एसियामा उच्च हो भन्ने आधारमा ओली सरकार भ्रस्ट भो भन्ने हिसाबले मिसन मिडियाले नियोजित रुपमा उछाल्यो । १९ नं. पेज उस्को मिसन बिपरित थियो अनि त्यस्का बारेमा चुप्चाप बस्यो ।

अर्को कुरा जनवरीमा १२६ बाट सुधार भएर ११६ नम्बरमा उक्लेको नेपालको करप्सन ईन्डेक्स यही संस्थाले प्रकाशित गरेको हो अनि मार्चको प्रश्नमा बिगत १२ महिना देखीको अवस्था भनेर फेरी अर्को रिपोर्ट ? यो आँफैमा विरोधाभास हैन ?

अब पेज नं ४८ मा रहेको एउटा प्रश्न

भ्रष्टाचार बिरुद्दको सरकारी कदम ठीक कि बेठिक भन्ने प्रश्नमा ६२ प्रतिशत नेपालीले ठीक भनेका छन । यस्को त चर्चा नै छैन त ११ ८२ प्रतिशत, ६२ प्रतिशतले भनेका कुरा ओझेलमा पार्दै ५८% ले भनेको भनिएको जवाफको आधारमा रिपोर्टको आशयमानै आशंका पैदा हुने गरि केही मिसन मिडियाले जुन प्रोपोगाण्डा फैलाउने दुश्प्रयास गरे यिनीहरु ढिलो चांडो नांगिने नै छन ।

तथापी यस प्रतिवेदन र मिसन मिडियाका कार्तुत केलाउदा सारमा :

माथिका विरोधाभाषपूर्ण बुंदाहरुको कारण ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्भेको प्रभावकारीता र चुस्ततामा प्रश्न उठेको छ । पर्सेप्सन बेसड ईन्डेक्स भनेको कुनै ब्यक्तीको मुड, आग्रह, लिगेसीका आधारमा प्रकट हुने हुंदा यस्ता सर्भेहरु तथ्यमा आधारित (Fact BASED)हुनु जरुरी छ । त्यसैले ट्रान्सपरेन्सी इन्टरनेसनल अब त्यस्मा केन्द्रित होस् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले आफनो जागिर पुरा गर्ने नाममा हल्का र विवादित बुंदाहरु समावेश गरेको पाइएको छ जागिर भन्दा माथि उठ्नु पर्यो । विभिन्न मिसनको मतियार बनिरहदा, दानापानीको धर्म निभाउदा आफ्ना कार्तुतले मुलुकको ईमेज र ईम्प्रेशनलाई धज्जी उडाउन पछी नपर्नेहरुको सद्बुद्दी आओस।

एकसे एक युवाहरु छन देशमा, अब मिडियामै त्यसमाथि मिसन मिडियामै प्रकाशित खराब मसलाकै आधारमा धारणा बनाउने दिन गैसके फजुल कष्ट नगर्दा हुन्छ ।

(किरण पौडेलको फेसबुकबाट): वरिष्ठ उपाध्यक्ष (पूर्वयुवा संघ नेपाल)

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : २०७७ मंसिर १२ गते शुक्रबार   कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-१२गते तदनुसार ई.सं.२०२०-११-२७, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष द्वादशी तिथि८:२२ सम्म उप्रान्त त्रयोदशी तिथि, अश्विनी नक्षत्र, व्यतीपात योग १०:३८ सम्म उप्रान्त वरीयान् योग,कौलव करण, चन्द्रमा मेष राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट स् ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : २०७७ मंसिर ११ गते बिहीबार कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-११गते बिहिबार, तदनुसार ई.सं.२०२०-११-२६,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष द्वादशी तिथि, रेवती नक्षत्र, सिद्धि योग १०:१९ सम्म उप्रान्त व्यतिपात योग,बब करण, चन्द्रमा मीन राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा स् सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : बुधबार कस्तो रहनेछ तपाईको दिन?

आजको पञ्चाङ्ग
मिति २०७७-८-१० गते बुधबार, तदनुसार ई.सं२०२०-११-२५,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष एकादशी तिथि,उत्तराभाद्रपदा नक्षत्र, वज्र योग ९:५० सम्म उप्रान्त सिद्धि योग,वणीज करण, चन्द्रमा मीन राशिमा।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा स् सम्पर्क नं.- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजकाे राशिफल: मंगलबार कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-९ गते मङ्गलबार, तदनुसार ई.सं.२०२०-११-२४,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष दशमी तिथि, पूर्वाभाद्रपदा नक्षत्र ,हर्षण योग ९:५५ सम्म उप्रान्त वज्र योग,तैतील करण
चन्द्रमा कुम्भ राशिमा ११:५९ सम्म उप्रान्त मीन राशिमा ।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट: ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश मुख्य विचार

आजको राशिफल : सोमबार कस्तो रहनेछ तपाईंको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-८ गते सोमबार तदनुसार ई. सं.२०२०-११-२३, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष नवमी तिथि, शतभिषा नक्षत्र १६:४६ सम्म उप्रान्त पूर्वाभाद्रपदा नक्षत्र,व्याघात योग१०:१६ सम्म उप्रान्त हर्षण योग,वालव करण।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा: सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश मुख्य विचार स्वास्थ/ शिक्षा

गौरादहकी मनमायाले अझै न्याय पाएकी छैनन् !

दुर्गा खनाल (काफ्ले)
दमक । २०७७-६-१२ गते दिउसो गौरादह १ का ६४ बर्षिया भीम भण्डारीले श्रीमतीको  हत्या कसले गरिदियो भन्दै एक्कासी कोकोहोलो गरेपछि छरछिमेकी जम्मा हुनु भयो तर यता भीम भण्डारी चाहि मोवालमा फोनमा नै ब्यस्त थिए । मानिसहरूको भिड बढ्यो,छोरा छोरी आफन्त सबै भेला भए तर कसैले पनि बाबुप्रति संकेत गरेनन्। यता छिमेकिलाई चाँहि वहाँहरूको व्यावहार देखेर शंका लागि सकेको थियो कि वरिपरी कोहि आएको छैन घर भित्रै कसरी मरिन् मनमाया आमा पक्का पनि भीम भण्डारीले नै मारेको हुनु पर्छ !
त्यो बिचमा छिमेकी एक महिलाले भण्डारीलाई भन्नु भएको रहेछ । बा बुढि र म बसेर स्याउ खाउला भनेर स्याउ लिएर आएको थिए , कुन पापीले सुनको लागि मेरी श्रीमतीको हत्या गरिदिएछ भन्नु हुन्छ तर स्याउको झोला त बाइकमा नै छ त बा ? यदि संगै बसेर खान ल्याएको भएत स्याउ लिएर नै कोठामा जानु पर्ने ।

त्यति मात्र हैन त्यहाँ जम्मा भएकै मध्येबाट फेरि प्रश्न गरियो बा तपाइको खुट्टामा त रगतका छिटा छन् त कसरी छिटा आए , कि लत्तपिएको हुनु पर्ने ? भनेर सोधे त्यो हेरेर हत्यारा भीम भण्डारीले झारमा पुछे । यस्तै यस्तै कुरा हुदै थिए प्रहरी फोर्स पुग्यो ।
मानिहरूले हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर ल्याइयो । कुकुरले निज हत्यारा भीम भण्डारीलाई नै सुघेर नजिक बसिरह्यो। त्यसको बेवास्था गर्दै हतार हतार लासको पोष्टमार्टम गर्न लगियो र लासको सत्गती गरियो !

कसैले हत्यारा पत्ता नलागेसम्म हाम्रो आमा,सासु ,दिदीबैनी,छोरी ,फुपु,हजूरआमाको लास नउठाउने! पहिला हत्यारा पत्ता लगापछि मात्र हामी लास को सत्गति गर्छौ भनेर बोलिएन । एउटा निरीह मानव जमिन र पैसाको बिबाद छ ल त्यसैले मार्यो होलो भनेर आरोप लगाइयो बिचरा त्यो घटना हुदा उ दमक ८ मा कसैको घर बनाउदै रहेछ ! त्यत्रो काठ ब्यापारिको श्रीमती मार्ने हिम्मत त्यो ज्यालादारी काम गरेर पेट पाल्ने मानिसलाई के , तर पनि आरोपको सामना त गर्नु नै पर्ने थियो! उसलाई पनि सोधियो तर ….

यता पोष्टमार्टममा नै हतौडाले हानेर हत्या गरिएको हो भन्ने स्पष्टै भनि सकिदिएको थियो । उता कुकुरले देखाएको ब्यबहार यता पोष्टमार्टम को रिपोर्ट हेरेर प्रहरीले घर खानतलास गर्दा हराइएको भनेको आमाको तिलहरी र हथौडा बोरामा एकै ठाउमा भेटिएको सनसनी पूर्ण खवर बाहिर आयो तर पनि प्रहरी प्रशासनले दोषी भीम भण्डारीलाई भन्न सकेन किन !?
घर परिवार,छोराछोरी आफन्त सबैले बाबुआमाको बिचमा सम्बन्ध अत्यन्तै राम्रो थियो भनेर वकालत गरिरहेकाले पनि होला । तर यता छरछिमेकी र गाउँलेहरू  त्यो मान्न तयार भएनन् किन की मनमाया भण्डारीले कति हितैसीहरूलाई रूदै भन्नु हुन्थ्यो रे जीउभरी हरिया निलडाम देखाउदै ‘सम्पत्ति सबै तेरा नाममा छ मलाई पास गर्दिन्छेस् कि गर्दिनस् भन्दै कुटि रहन्छन् खैं के गरौ गरौ’ भनेर ! यो सुनि रहेका सुन्नेहरु मनमायालाई अरू कसैले मारेको हैन मनमायाका श्रीमान् भीम भण्डारीले नै मारेका हुन् ! इज्जत जान्छ भनेर छोरा बुहारी आफन्त कसैले पनि कुरा बाहिर ल्याउन नचाहेका र किटानी  जाहेरी नदिएका हुन् !

प्रहरीलाई के को असजिलो थियो या छ त्यो वहाँहरूलाई नै थाहा होला , ‘भीम भण्डारीले यो कारणले श्रीमती मारेछु भन्न ।’ आज श्रीमतीको हत्यारा भीम भण्डारी नै हो भन्दा पनि के कारणले हत्या गरिएछ भन्ने जनता सुन्न चाहन्छन् ! यदि प्रहरी प्रशासनलाई केहि असजिलो भए त्यो असजिलोमा प्रहरीलाई साथ दिन पनि जनता तयार छन् भन्ने बिश्वास दिलाउन चाहन्छन् !

हत्यारा भीम भण्डारीलाई मात्र किन सजाय , यस्तो हत्या जस्तो जघन्य अपराधलाई पनि लुकाउन खोज्ने सम्बन्धित पक्षलाई पनि कारबाहि हुनु पर्छ ! जुन कारबाहिले भोलि यस्तो शिक्षा दिने छ कि अपराध गर्ने मात्र हैन छोप्न खोज्नेलाई पनि कानुनले छोड्दोरहेनछ ।मेरो कुरा आमा बावुले मारेको थाहा पाइपाई यदि त्यो परिवारले छोप्न खोजेको हो भने तपाई आमाबुबाहरू संझनुहोस् कि हाम्रा सन्तानलाई हामी गलत शिक्षा दिदैछौ , जुन शिक्षाका कारण भोली तिम्रा सन्तानले पनि यस्तै कुकर्म गर्ने छन् र भोली तिम्रो हत्या गरि लुकाउन सक्ने छन् ! त्यसैले सन्तानलाई असल बनाउन अपराध र खराव कुरा लुकाएर मानिसलाई नउक्साएकै राम्रो !

Categories
देश मुख्य राजनीति विचार

कमरेड प्रचण्ड आरोप पुष्टि कहिले / कस्ले गर्ने , आफैं गर्ने कि,फिर्ता लिने ? हिक्मत कार्की 

गौरादह । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश एक आन्तरिक मामला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली माथि लगाएको आरोप प्रमाणीत गर्नुपर्ने अन्यथा सार्वजनिक रुपमा क्षमा माग्दै अभियोग पत्र फिर्ता गर्नुपर्ने बताउनुभएको छ । कार्कीले दहालद्वारा प्रधानमन्त्री माथि लगाएको कपोलकल्पित आरोपको बिपक्षीले जवाफ खोज्ने बताउन थालेकाले जवाफ कस्ले  दिने हो प्रष्ट पार्न आग्रह समेत गर्नुभएको छ ।

कार्कीले सामाजिक संजाफ फेसवुकमा स्टाटस लेख्दै नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माथि उहाँको  राजनीतक निष्ठा , आदर्श मुलुकप्रतिको योगदान समेत अवमुल्यन गर्दै र ओलिको व्याक्तिगत जिवनलाई समेत धमिल्याउने  गरि दुरासययुक्त , कपोलकल्पित अराजनीतिक आरोपहरु  लगाउनु अत्यान्तै आपत्ति जनक भएको उल्लेख गर्नुभएको छ । कार्कीले लेख्नुभएको छ ,”प्रधनामन्त्री केपि शर्मा ओलि माथी उहाँको राजनितीक र ब्यक्तीगत जीवनलाई र उहाँको निष्ठा , आदर्श, मूलुक प्रतिको योगदानलाई अबमुल्यन गर्दै  कपोलकल्पित, दूरासययुक्त झुटा आरोपहरु सहित राजनितीक प्रतिबेदनको नाममा गम्भीर र अराजनीतिक अभियोग लगाउनु भएको छ।”

कार्कीले पार्टीको जिम्मेवार तहमा बसेर आन्तरिक समस्याहरुलाई सुल्झाउँदै जानुपर्नेमा अभियोग पत्रले समस्या अझ बढाउने काम भएको बताउनुभयो । कार्किले भन्नुभएको छ , ” जिम्मेवार पदमा आसिन नेताले आफ्नो पार्टी भित्रका आन्तरिक बिवादलाई निरुपण गर्दै जानू पर्नेमा बिवाद चर्काएर एकता को मर्म र भावना लाई नै कमजोर पार्ने काम भएको छ ।”
प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएका आरोपहरुको बिषयमा विपक्षिहरुले जवाफ खोज्ने बताउन थालेको उल्लेख गर्दै मन्त्री कार्कीले यसलाई पुष्टि कस्ले गर्नेहो भनेर प्रश्न गर्नु भएको छ ।” कमरेड प्रचण्ड , अब यसको पुष्ठी गर्ने काम कहिले कस्ले गर्ने हो ? तपाईं  अभियोग पत्र दर्ता गर्ने ब्यक्ती ले प्रमाणित गर्ने वा सार्वजनिक रुपमै आफूले गम्भीर गल्ती गरेको घोषणा सहित अभियोग फिर्ता लिने हो ?  प्रष्ट हुनु र पार्नु पर्ने भएको छ।” कार्कीले लेख्नु भएको छ ।

कात्तिक २८ गते बसेको नेकपाको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोपका बिषयमा कांग्रेस नेता सांसद गगन थापाले नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाबकिताब मागिने कुरा बताएपछि मन्त्री कार्कीको यस्तो कुरा आएको हो ।

यस्तो छ कार्कीको पूरा स्टाटस :

“नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल द्वारा नेकपाका  अध्यक्ष(प्रमुख)एंब सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि माथी उहाको राजनितीक र ब्यक्तीगत जीवन लाई र उहाको निष्ठा , आदर्श, मूलुक प्रतिको योगदान लाई अबमुल्यन गर्दै  कपोलकल्पित, दूरासययुक्त झुटा आरोपहरु सहित राजनितीक प्रतिबेदनको नाममा गम्भीर र अराजनीतिक अभियोग लगाउनु भएको छ । जिम्मेवार पदमा आसिन नेताले आफ्नो पार्टी भित्रका आन्तरिक बिवादलाई निरुपण गर्दै जानू पर्नेमा बिवाद चर्काएर एकता को मर्म र भावना लाई नै कमजोर पार्ने गरि भएको यो अभियोग द्वारा सार्बजनिक जिवनमा प्रश्नहरु उठाईएका छन । यसै  प्रसंगमा बिपक्षी दलका केही नेता द्वारा यसबारे सार्वजनिक जवाफको माग गरेका छन । कमरेड प्रचण्ड , अब यसको पुष्ठी गर्ने काम कहिले कस्ले गर्ने हो रुतपाईं  अभियोग पत्र दर्ता गर्ने ब्यक्ती ले प्रमाणित गर्ने वा सार्वजनिक रुपमै आफूले गम्भीर गल्ती गरेको घोषणा सहित अभियोग फिर्ता लिने हो ?  प्रष्ट हुनु र पार्नु पर्ने भएको छ।”

Categories
देश मुख्य राजनीति विचार

‘आरोप पत्र’ सहितको बैठकको औचित्य छैन: देवेन्द्र दाहाल

झापा । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले आरोप प्रत्यारोपका लागि सचिवालय बैठकको औचित्य नभएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेसवुकमा सचिवालय बैठक बस्न आवस्याक भएको तर नेताहरुको आरोप प्रत्यारोपकालागी नभएर नेकपालाई जनताले दिएको जिम्मेवारी पूरा गर्नेगरी सिर्जनात्मक निस्कर्ष निकाल्नकालागी समेत लेख्नुभएको छ ।

उहाँले सचिवालयमा प्रस्तुत प्रधानमन्त्री केपी ओली माथी लगाईएको ‘आरोप पत्र’ फिर्ता गरेर दुबै अध्यक्षको सहमतिमा मात्र सार्थक बैठक हुनसक्ने समेत बताउनुभएको छ ।

यस्तो छ देवेन्द्र दाहालको स्टाटस :

‘नेकपाको सचिवालयमा प्रस्तुत भएको एऊटा लिखत९यदि विभिन्न संचार माध्यममा आएको जस्तै हो भने०जस्लाई प्रतिवेदन भन्न नसुहाऊने र यो त प्रधानमंत्री तथा पार्टी अध्यक्ष क।केपी शर्मा ओली माथी लगाईएको “आरोप पत्र”मात्र भएकोले यसलाई फिर्ता लिएर पार्टीको विधान अनुसार दुई अध्यक्षको सहमतिमा बैठकका एजेन्डा तय गरेर बैठक बस्नु श्रेयस्कर देखिएको छ । बैठक बसौं तर एऊटै पार्टीका नेताहरुको विचमा आरोप प्रत्यारोपको लागी होईन जनताले हामीलाई दिएको जिम्मेवारी पुरा गर्ने गरि सृजनात्मक निस्कर्ष निकाल्नको लागी…। पार्टी एकता कायम राखी रहनुको आवश्यकता र महत्वको बारेमा नेताहरुलाई हामीले सम्झाई रहनु त्यती ऊपयुक्त होला र ?’

Categories
कोरोना देश मुख्य विचार

जनता देशमा राजनैतिक अस्थिरता होइन स्थिरता चाहान्छ्न् !

मित्रदेव काफ्ले । २०७४ को नयाँ संरचना अनुसारको निर्वाचन जसमा ठुला दुई कम्युनिस्ट पार्टीको चुनावी कार्यगत एकता बाट प्रारम्भ भएको तात्कालिन नेकपा ( एमाले ) र माओवादी केन्द्रको एकीकरणले नेपाली जनतामा भरपर्दो आशा ,संभावना र भावी पुस्ताको भाग्य र भविष्य प्रतिको बिश्वासमा आज शिर्ष एवं जिम्मेवार नेताहरुबाट जस्तो क्रियाकलाप भइरहेछ त्यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, यो देशलाई अस्थिर र असफल बनाउन कुनै गैर कम्युनिस्ट हैन,नेकपाका आफ्नै शिर्ष नेताहरू लागी पर्नु अत्यन्तै अशोभनीय र निन्दनीय कार्य हो ।

के पि ओलि को नेतृत्वमा कार्यगत एकता कै बलमा झण्डै २/३ बहुमतका साथ संघीय सरकारमा र ६ वटा प्रदेशमा भारी सफलता प्राप्त भएको कुरा कसैले नकार्न सक्दैन,यस सरकारले प्रसस्त दीर्घकालीन महत्व राख्ने गौरवका योजना देखी राष्ट्रियताको संरक्षण साथै छिमेकी मुलुकहरू संगका थाती रहेका विविध दुई पक्षीय सवालहरुमा सकारात्मक कुटनैतिक समाधानका प्रयासहरु भएको  छर्लङ्ग छ । तर विडम्बना यतिका ऐतिहासिक उपलब्धि पार्टी नेतृत्वको सरकारबाट भइ रहदा शिर्ष नेताहरुबाट सरकारका सकारात्मक उपलब्धिको चुं( सम्म पनि प्रसंशा एवं प्रचार प्रसार गर्न नसक्नु ,बिगतको आफू प्रतिको हिनताबोध हो वा कुनै अदृश्य शक्तिको इशाराको उपज होइन भन्न सकिन्न !
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क.के पि ओलिलाई अर्का अध्यक्ष क.प्रचण्ड र अन्य शिर्ष नेताहरूबाट लगाईएका भनिएका कतिपय आरोपहरु पार्टीको आन्तरिक जिवनमा छलफलका बिषय होलान् तर आगामी महाधिवेशन भन्दा अगाडी अध्यक्ष र आगामी आम निर्वाचन भन्दा अगाडी सरकार परिवर्तन गर्न खोज्नु भनेको नेपाली जनता प्रतिको बिश्वास घात र देशीविदेशी प्रतिक्रियाबादी लाई पक्षपोषण गर्नु भन्दा अन्यथा केही हुन सक्दैन । ५ महिना भित्र सम्पन्न गर्नु पर्ने महाधिवेशन को तयारी तर्फ ध्यान नदिनु , महाधिवेशनबाट नेतृत्व परिवर्तनमा बिश्वास नहुनु र पार्टी भित्रका विभिन्न स्वार्थ समुहको प्रविधिक गणितीय अभ्यास मार्फत समय अगाबै दुबै नेतृत्व परिवर्तनमा लाग्नु देशलाई अस्थिरता तर्फ लैजानु राष्ट्र एवं विद्यमान शासन प्रणालीलाई असफल सावित गर्ने नेता कमरेडहरुको प्रयासमा बाहिरी तत्वको संलग्नता एकिन गर्न सकिन्छ ।

दोहोरो आरोप पत्रको माध्यमबाट होइन बहस र छलफलबाट आन्तरिक समस्याको समाधानमा लाग्नु र ऐतिहासिक एकतालाई निश्कर्षमा पुर्याउनु नै सबल र सफल नेतृत्वलाई इतिहासले सम्मान गर्ने छ , स्मरण रहोस् नेकपाका कार्यकर्ता एवं समग्र जनता देशमा राजनैतिक अस्थिरता होइन स्थिरता चाहान्छ्न् ।

लेखक नेकपाका गौरादह नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।