Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

बुधवार गौरादहका श्रीमान श्रीमतीमा देखियो संक्रमण , झापाका ७१ जनामा पुष्टि  

गौरादह,५ कार्तिक / गौरादहमा बुधवार २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरु एकै परिवारका सदस्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि हुनेहरु गौरादह ७ का श्रिमान श्रीमती हुन । उनीहरु पहिलेनै संक्रमित भै ग्वालडुव्वा आईसोलेसनमा बस्ने एक पुरुषका माता पिता रहेको बताईएको छ । उनिहरुको कन्ट्राक ट्रेसिङ्ग गरि स्वाब संकलन गरिएको थियो , जसको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी झापामा आज ७१ जना संक्रमित थपिएका छन । जसमा दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बाह्रदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ्गमा शिक्षकले लगाए ताला

गौरादह , ५ कार्तिक / गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कुलमा ताला लगाईएको छ । बुधवार संस्थागत शिक्षकहरुको संगठन ईस्टु सम्बद्ध साेहि स्कुलका शिक्षकहरुले ताला लगाएका हुन ।

बिधालयले इस्टु र प्याब्सन बिचमा भएको १ महिनाको तलब र १ महिना बराबरको पर्व खर्च तत्काल उपलब्ध गराउने सहमति भए पनि पालना नगरेकोले ताला लगाउन बाध्य भएको शिक्षकहरुले बताएका छन ।

निजि बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई लामो समयदेखि तलब रोकेर अमानवीय व्यवहार गरेको भन्दै इस्टु गौरादह नगर समितिले मंगलबार एक विज्ञप्ती जारी गरि अनिश्चितकालका लागि बिद्यालयहरु बन्द गर्ने घोषणा गरेको थियो । सोहि अनुरुप आज गौरादहको बोर्डिङ्गमा ताला लगाईएको छ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

गाैरादहका नगरपालिका र वडा कार्यालय बन्द, अवस्था जटिलता तर्फ

गाैरादह , ४ कार्तिक / झापाको गौरादह नगरपालिका र वडा कार्यालय कार्तिक ४ गते मंगलबारदेखि बन्द गरिएकाे छ । गाैरादहमा काेराेना संक्रमण बढेकाे भन्दै नगरपालिकाले मंगलवार दिउँसाे २ बजेदेखि कामकाज बन्द गरेकाे हाे ।

नगरपालिकाले एक सुचना जारिगर्दै कार्तिक ६ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य सेवा र दमकलको सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएकाे हाे ।

दशैंपछि मात्र कार्यालय खुल्ने , गाैरादहकाे अवस्था जटिल बन्दै

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहको हस्ताक्षरमा जारि गरिएकाे सुचनामा नगरपालिका र वडा कार्यालय कार्तिक ६ गते खाेलिने भनिएपनि कार्यालयहरु दशैंपछि मात्र खाेलिने भएकाे छ ।  गाैरादहमा वडा अध्यक्ष हेमन्त कार्की सहितलाई संक्रमण देखिएपछि आकस्मिक निर्णय गरेर नगरपालिका र वडा कार्यालय बन्द गरिएकाे थियाे । बन्द गरिएका कार्यालय दशैं अघि खुल्ने सम्भावना कम रहेकाे नगर प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयाे।

गाैरादहमा नगरपालिकाले निर्णय गरेर केही समय अघिदेखि सामुहिक परिक्षणकालागि स्वाब संकलन गर्न कम गरिएकाे छ । यसकाे कारणले निजी खर्चमा ब्याक्तिगत रुपमा काेराेना परिक्षण गराउने क्रम बढदै गएकाे छ भने , दशैं मान्न बाहिरबाट गाैरादह आउनेहरुकाे संख्या समेत बढेकाे छ । देशका विभिन्न स्थानबाट आउनेहरु अहिले सिधै समाजमा घुलमिल भै रहेका छन । यसले गाैरादहमा काेराेना संक्रमणकाे अबस्था जटिलतातर्फ उन्मुख भै रहेकाे छ ।

त्यस्तै निजी खर्चमा परिक्षण गराउनेहरुले अस्पतालमा सहि नाम , ठेगाना नटिपाई दिदाँ संक्रमितकाे पहिचान गर्न गाह्राे भईरहेकाे प्रवक्ता भण्डारी बताउनुहुन्छ । अस्पतालमा दिईएकाे नाम , ठेगानाका आधारमा जिल्ला जनस्वास्थ्यले पालिकाहरुमा रिपाेर्टिङ्ग गर्ने तर निजी अस्पतालमा गलत नाम ,ठेगाना बताएर परिक्षण गराएका संक्रमितहरु पहिचान गर्न र निगरानी गर्न अप्ठ्याराे पर्दै गएकाे भण्डारीले बताउनुभयाे ।

यसले कुन पालिकाकाे , कति वडाकाे संक्रमित हाे भन्ने पहिचान गर्न अप्ठ्याराे पर्दै गएकाे छ । संक्रमितकाे पहिचान नहुँदा काे संक्रमित हाे , काे हाेईन छुट्याउन गाह्राे पर्ने र यसबाट सजिलै संक्रमण अरुमा सर्ने सम्भावना बढ्दै गएकाे छ । यसले गाैरादहमा काेराेना संक्रमणकाे दर बढाउने र अबस्था अझै जटिल बन्दैजाने देखिन्छ ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

गाैरादहका वडा अध्यक्ष सहित ३ जनालाई संक्रमण पुष्टि : वडा अध्यक्ष हाेम आईसाेलेसनमा

 

गाैरादह , ४ कार्तिक / झापाकाे गाैरादहमा मंगलवार २ नम्वर वडा अध्यक्ष सहित ३ जनालाई संक्रमण पुष्टि भएकाे छ । संक्रमण पुष्टि हुनेहरुमा २ नम्वर वडा अध्यक्ष हेमन्त कार्की , १ नम्वर वडाका १ पुरुष र वडा नखुलेकी १ महिला रहेकीछन् ।

नगर प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार संक्रमितहरु सबैजनाले निजी अस्पतालमा परिक्षण गराएका हुन ।

यसैबिच हामिले काेराेना संक्रमित पुष्टि हुनुभएका
गाैरादह वडा नम्वर २ का वडा अध्यक्ष हेमन्त कार्कीसंग कुराकानी गरेका छाैं :

अध्यक्ष कार्कीका अनुसार उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उहाँ आफ्नै घरमा हाेम आईसाेलेसनमा बस्नु भएकाे छ भने कुनै प्रकारकाे लक्षण वा असजिलाे नभएकाे उहाँले बताउनुभयाे । केही समय अघि उहाँ काम बिशेषले पश्चिम जानू भएकाे थियाे । फर्कदा घाँटी दुखेकाे अनुभव भएकाे र त्यसैकाे आधारमा फर्कने बित्तिकै परिक्षण गराएकाे उहाँले बताउनुभयाे । उहाँकाे परिक्षण रिपाेर्ट आज आएकाे हाे ।

Categories
देश ब्यापार मुख्य स्वास्थ/ शिक्षा

विश्वव्यापी भाेक सूचकांक: नेपालकाे स्थिति भारतभन्दा धेरै राम्राे

काठमाडौं। विश्वव्यापी भोक सूचकांकमा भारतको अवस्था अत्यन्तै खराब देखिएको छ । तुलनात्मक रुपमा दक्षिण एसियामा नेपालको अवस्था भने धेरै माथि छ । सूचकांकमा समावेश गरिएका कूल १०७ देशहरुमध्ये भारत ९४ औं स्थानमा छ । यो भोकको गम्भीर श्रेणी हो । विशेषज्ञहरुले भारतको यस्तो खराब स्थितिको लागि खराब कार्यान्वयन प्रक्रिया, प्रभावकारी निगरानीको कमी कुपोषणसँग लड्ने उदासीन दृष्टिकोण र ठूलो राज्यको खराब प्रदर्शनलाई दोषी मानेका छन् । गत वर्ष ११७ देशको सूचीमा भारत १०२ औं स्थानमा थियो ।

शुक्रवार प्रकाशित सुचकांकका अनुसार दक्षिण एसियाका अन्य सबैजसो देशहरुको स्थिति भारतको भन्दा राम्रो छ । यसमा पनि नेपालको स्थिति धेरै राम्रो देखिएको छ । नेपाल ७३ औं स्थानमा छ र भोकको गम्भीर अवस्थाबाट माथि उठेको छ । सार्कका ८ देशहरुमध्ये नेपाल र श्रीलंका गरी दुई देश मात्र भोकको मध्यम श्रेणीमा छन् । श्रीलंका नेपालभन्दा अगाडि ६४ औं स्थानमा छ । भुटानको पर्याप्त तथ्यांक उपलब्ध नभएका कारण उसको वर्गीकरण गरिएको छैन भने माल्दिभ्सलाई वर्गीकरणमा समावेश गरिएको छैन ।

सार्कका देशहरुमध्ये भारतभन्दा पछाडि अफगानिस्तान मात्र छ । अफगानिस्तान ९९ औं स्थानमा छ । यसबाहेक पाकिस्तान र बंगलादेश भारतभन्दा अगाडि छन् । बंगलादेश ७५ औं र पाकिस्तान ८८ औं स्थानमा छन् । म्यानमार समेत ७८ औं स्थानमा छ । यद्यपि यी तीनवटै देशहरु गम्भीर श्रेणीमा भने छन् । चीन, बेलारुस, टर्की, क्युबा, कुवेत लगायत १७ देशहरु विश्वव्यापी भोक सूचकांकको शीर्षमा छन् । रिपोर्टका अनुसार भारतको १४ प्रतिशत जनसंख्या कुपोषणको शिकार छन् । यो संख्या नेपालको कूल जनसंख्याको ६ गुणाभन्दा बढी हो

Categories
जीवनशैली देश मुख्य स्वास्थ/ शिक्षा

महमा दालचीनी मिसायर खाँदा शरिरलाई अचम्मकाे फाईदा

झापा / दालचिनी प्रायः सबै घरमा पाइने मसला हो । यसमा भएका गुणले स्वास्थ्य र सौन्दर्य दुवैलाई फाइदा गर्छ । अझ यसमा मह पनि मिसाइयो भने त यसको असर दुईगुणा बढ्छ । यसका यस्ता फाइदा हुन्छन्।

क्यान्सर

कलेजोको क्यान्सर र हड्डी बढेको समस्यामा दालचिनी र महको सेवन लाभदायक हुन्छ । दिनदिनै एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धूलो र एक चम्चा मह मिसाएर पिउनुभयो भने लाभ हुन्छ ।

मोटोपना

एक गिलास पानीमा एक चम्चा दालचिनीको धूलो हालेर उमाल्नुस् । अनि यसमा दुई चम्चा मह हाल्नुस् । राति सुत्नुअघि यसको सेवन गर्नुस् ।

मुटुरोग

चियामा दालचिनी हालेर पिउनुस् । यसको सेवनले हृदयाघातको सम्भावना घटाउँछ ।

रुघाखोकी

रुघाखोकी र गलाको समस्या भएमा एक चम्चा महसँग एक चिम्टी दालचिनी मिसाएर खाँदा छुटकारा पाइन्छ ।

सौन्दर्य

छाला र कपालको सौन्दर्य पनि दालचिनीले बढाउँछ । यसले छाला चम्काउँछ र चाउरी कम गर्छ । कागतीको रसमा मिसाएर दालचिनीको धूलो र मह दल्नुभयो भने डण्डीफोर हराउँछन् ।

जोर्नीको पीडा

जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर सेवन गर्दा फाइदा हुन्छ । यसका अतिरिक्त मनतातो पानीमा दालचिनीको धूलो हालेर मालिस गर्दा पनि पीडा शान्त हुन्छ ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

कोरोना परीक्षण : सरकारलाई सर्वोच्च अदालतको कडा आदेश

काठमाडौं/ सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षणका बारेमा सरकारलाई कडा निर्देशात्मक आदेश जारी गरेको छ । कोरोना परीक्षण निःशुल्क गराउन आदेश दिदै सहरी क्षेत्रमा परीक्षण केन्द्र बढाउन समेत आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै प्राप्त पूर्णपाठमा कुनै पनि बाहनामा पीसीआर परीक्षणमा शुल्क लिन नमिल्ने उल्लेख छ । सर्वोच्चले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक दिएको र जनस्वास्थ्य सेवा ऐन २०७५ ले प्रवद्र्धनात्मक प्रतिकारात्मक, निदानात्मक सेवालाई आधारभूत स्वास्थ्य सेवा मानेर निःशुल्क सेवा दिने उल्लेख गरेकाले निःशुल्क पीसीआर परीक्षण सरकारको अनिवार्य दायित्व भएको ठहर गरेको छ ।

परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भनी सर्वोच्च अदालतले आदेश गरेको छ । तर उसले निजी अस्पतालमा शुल्क लिएर परीक्षण गरेको विषयलाई भने कुनै निषेध गरेको छैन । सर्वोच्चले सरकारी अस्पतालमा भिडभाड धेरै भएकाले टोकनको व्यवस्था गर्न, आएकालाई सामाजिक दुरी कायम गराई १० देखि १५ मिनेटभित्र परीक्षण गराउन, चाप कम हुने स्थानमा रिफर गर्न पनि भनेको छ ।

यस्ता छन् आदेशका मुख्य अंश

कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने ।

– लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा दिनुपर्ने ।
– भीसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने ।
– निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने ।
– सहरी क्षेत्रमा परीक्षण केन्द्र र जनशक्ति विस्तार गरेर परीक्षणको दायरा बढाउनुपर्ने ।
– भीड व्यवस्थित गरी परीक्षणका क्रममा छिटो छरितो सेवा दिनुपर्ने ।जनताटाईम्सबाट

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

स्वास्थ्य मन्त्रालयले भन्याे : स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन 

काठमाडौं, २७ / असाेज  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ ।

मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमती, भन्सार छुट लगायतका सुविधाको सिफारिस गर्नु अघि अनिवार्य रुपमा त्यस अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको तलवभत्ता बैकिंङ प्रणाली मार्फत भुक्तानी गरेको कागजात प्राप्त भएपछि मात्र नविकरण गर्न दिइने भएको छ ।

निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको, समयमा तलव नदिएको भनि लिखित तथा मौखिक निवेदन मार्फत जानकारी आएको भन्दै समस्या समाधान गरिदिन संघले मन्त्रालयलाई अनुरोध गरेको थियो ।जनताटाईम्सबाट

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव पाैडेललाई काेराेना पुष्टि

झापा, असाेज २६/ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव कमल पाैडेलमा समेत काेराेना संक्रमण देखिएको छ । सचिवालयले दिएको जानकारी अनुसार उनको पीसीआर पाेजेटिभ देखिएको हाे । उनकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे बताईएकाे छ । पाैडेलकाे सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय : होटल आइसोलेसनका लागि अनुमती

काठमाडाैं , २६ असाेज / सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।