Categories
कोरोना मुख्य विश्व स्वास्थ/ शिक्षा

कोरोना कहर : फ्रान्समा दोस्रो पटक लकडाउनको घोषणा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् ।

लकडाउनका दौरान रेस्टुरेन्ट र बार बन्द रहनेछन् भने स्कूल र फ्याक्ट्री भने खुला रहनेछन् । फ्रान्समा कोभिड–१९ का कारण दैनिक हुने मृत्युको संख्या गत अप्रिल यता कै उच्च रहेको छ । मंगलबार मात्र देशमा थप ३३ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

म्याक्रोँले संक्रमणको दोस्रो लहरले देशलाई पहिलो लहरलेभन्दा बढी प्रभावित गर्ने जोखिम रहेको औँल्याए । टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले महामारीको फैलावटलाई रोक्न निर्मम भएर ब्रेक लगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले फ्रान्सका अस्पतालका आधाभन्दा बढी आईसीयूमा कोभिडका बिरामी रहेको पनि जानकारी दिए ।

उता, जर्मनीले पनि आपत्कालिन लकडाउन लागू गर्ने भएको छ । फ्रान्सको तुलनामा लकडाउन कम कडा भए पनि त्यहाँ पनि जिम, रेस्टुरेन्ट र थिएटरहरु बन्द नै रहनेछन् ।

युरोपमा पछिल्लो समय संक्रमण उच्च दरमा बढी रहेको छ । बुधबार बेलातमा मात्र २४ हजार ७०१ जना संक्रमित फेला परेका थिए भने ३१० जनाले ज्यान गुमाएका थिए । एक अध्ययनले बेलायतमा दैनिक १ लाख मानिसहरु वास्तविकरुपमा संक्रमित बनिरहेको र यसलाई परिवर्तन गर्न केही आवश्यक कदम चालिनुपर्ने अध्ययकर्ताहरुले चेतावनी दिएका छन् ।

बीबीसी

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

गौरादह नगरपालिकाले दशैं विदा लगत्तै निकाल्यो यस्तो सुचना : सुचना सहित

गौरादह , १३ कार्तिक / झापाको गौरादह नगरपालिका र वडा कार्यालय दशैं पछिपनि केहिदिन नखुल्ने भएको छ । नगरपालिकाले दशैं विदा सकिए लगत्तै सुचना जारी गर्दै अझै केहिदिन कार्यालयहरु नखोलिने जानकारी गराएको हो ।

नगर प्रमुख रोहित कुमार साहको हस्ताक्षर सहित आज जारी गरिएको सुचनामा नगरपालिका र वडा कार्यालय कार्तिक १३ र १४ गते नखुल्ने जनाईएको छ । त्यस लगत्तै शनिवार सार्वजनिक विदा रहेको छ ।

सुचनामा कोरोना संक्रमण बढेको कारण नगरपालिका र वडा कार्यालयबाट हुने स्वास्थ्य र दमकल सेवा बाहेकका सबै काम बन्द गरिएको जनाईएको छ । नगरमा कोरोना संक्रमण बढेको कारण जनाउदै कार्तिक ४ गते  आकस्मिक रुपमा बन्द गरिएको नगरपालिका र वडा कार्यालयहरु त्यसयता निरन्तर बन्द छन् ।

Categories
जीवनशैली देश ब्यापार मुख्य स्वास्थ/ शिक्षा

सरकारले दिदैछ गरिब परिचय पत्र : गरिबलाई हुनेछ निम्न कुरामा फाइदा

काठमाडौं / सरकारले गरिब घरपरिवारका लागि पहिचान पत्र वितरण गर्ने भएको छ । गरिबको नाममा पहुँचवालाले हालीमुहाली गरिरहेका बेला सरकारले उनिहरुको पहिचान गरी परिचयपत्र वितरण गर्ने भएको हो ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चालु आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७–७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको हो ।

बैठकले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्न क्रियाकलाप सहितको समयबद्ध कार्यतालिका एक हप्ताभित्र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पार्ने निर्णय पनि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको बताउनु भयो ।

उहाले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने बताउँदै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिब घरपरिवार परिचय पत्रका आधारमा कार्यक्रमहरु सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने बताउनु भयो । बैठकले घर परिवार सर्वेक्षणमा झुठ्ठा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने विधि सहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन गर्ने वा प्रविष्ट गर्ने पदाधिकारी उपर कारवाही गर्ने प्रणाली भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विकास गरी त्यसको नियमित रुपमा अुनगमन गर्ने संयन्त्र विकास गर्ने निर्णय पनि गरेको छ ।जनताटाईम्सबाट

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

दशैंसँगै कोरोना संक्रमण बढ्छ : विज्ञ , यस्तो छ आधार

काठमाडौं, कात्तिक ११ । विशेषज्ञहरुले दसैँ सकिएसँगै कोरोना भाइरसको संक्रमण भयावह हुनसक्ने चेतावनी दिएका छन । भोलिसम्म देशका धेरै ल्याबहरु नै बन्द रहेका, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको र संक्रमणमा भएका व्यक्ति ओहोर दोहोर धेरै गरेकाले अबको १५ दिन कोरोना संक्रमणको अवस्था निकै भयावह हुने चेतावनी विशेषज्ञहरुले दिएका हुन ।

पछिल्लो १ महिनामा संक्रमण ह्वात्तै बढेकामा हिजो सोमवार जम्मा १ हजार ७ सय ४१ संक्रमित फेला परेका थिए । परीक्षण नभएकाले यस्तो परिणाम आएको बिशेषज्ञको भनाई छ । पछिल्लो महिलामा कात्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । पिसिआर परीक्षण अहिले रोकिएकाले संक्रमण कम भएको हो ।

अब लक्षणसहितका संक्रमितको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । महामारी रोग विशेषज्ञ डा।अनुप सुवेदीले अबका दुई तीनदिन कोरोना संक्रमण कम देखिए पनि त्यसपछि अवस्था भयावह हुने बताउनु हुन्छ । सुवेदीका अनुार अव दैनिक १० हजारसम्म संक्रमित देखिन सक्छन ।
नेपालमा जाडो मौसम सुरु हुन थालेको र मानिसको सर्वाधिक आवतजावत भएकाले अबका केहीदिन संक्रमणको जोखिम पनि उच्च हुने उहाँले बताउनु भयो । अबका केहीदिन पिसिआर परीक्षण व्यापक गर्नुपर्ने र नागरिकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने उहाँको सुझाव छ ।जनताटाईम्स

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

कोरोनाबारे डब्लुएचओले दियो फेरि कडा चेतावनी

काठमाडौं, कात्तिक ११ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना महामारी नियन्त्रणका लागि कडा प्रतिबन्ध लाउनु परे पछि नहट्न सवै देशका सरकारलाई सुझाव दिएको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्लुएचओको भनाई छ ।

कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै डब्ल्यूएचओले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताउनु भयो ।

डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू कठिन अवस्थामाु रहेको भन्दै चेतावनी दिएको थियो। डब्लुएचओका महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताउनु भएको थियो । उहाँको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ।

यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताउनु भएको थियो । अमेरिकाले महामारी नियन्त्रण गर्ने नभइु खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उहाँको भनाई थियो ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

गौरादहका संस्थागत शिक्षकले पाए विद्यार्थीको दशैं उपहार : मालिक ले तलब खोसे तर सम्मान खोस्न सकेनन , शिक्षक

गौरादह , ९ कार्तिक / कोरोना भाईरस संक्रमणका कारण भएको लकडाउनले देशको सबै क्षेत्रलाई प्रभाव पार्यो । त्यसको चपेटामा निजी स्तरबाट संचालित संस्थागत विद्यालयहरु र त्यसमा कार्यरत शिक्षकहरु पनि परे । निजि विद्यालयहरु लकडाउनमा बन्द हुँदा त्यसमा कार्यारत शिक्षक , कर्मचारी कसैलाई पनि निजि बिद्यालय संचालकले तलव दिईएन ।

आफ्नो जिवनको उर्जाशिल समय  निजी बिद्यालयलाई दिएर त्यसलाई फलाउन, फुलाउन महत्वपुर्ण भुमिका खेलेका शिक्षकहरु चाडवाडको समयमा  विद्यालय संचालकहरुबाट उपेक्षाको सिकार हुनुपर्यो । निजी बिद्यालय संचालकहरुबाट आफैंले गरेको सहमति तोडेर शिक्षकहरुको चाडवाड बापत पाउने खर्च समेत खोसियो ।

यो नेपाल भरिको संस्थागत विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीहरुले अहिले भोग्नुपरेको समस्या हो ।त्यसबाट झापाको गौरादहमा संचालित संस्थागत बिद्यालय र त्यसमा कार्यारत शिक्षक कर्मचारीहरु समेत अछुतो हुन सकेनन । गौरादहमा संचालित ३२ वटा निजी विद्यालयहरुले संस्थागत विद्यालय संचालक र त्यसमा कार्यारत शिक्षकहरुको संगठनले गरेको सहमति कार्यान्वयन गरेनन । चाडवाडको समयमा १ महिनाको तलव र १ महिना बराबरको पर्व खर्च समेत विद्यालय संचालकहरुले नदिएपछि गौरादहको माउण्ट एभरेष्ट अंग्रेजी माध्यामिक विद्यालयमा शिक्षक , कर्मचारीहरुले तालाबन्दीनै गर्नुपर्यो ।

चाडवाडमा विद्यालय संचालकहरुबाट पर्व खर्च वापत ‘उपेक्षा’ पाएका शिक्षकहरुलाई त्यसै विद्यालयमा पढेर बिश्वका विभिन्न देशहरुमा पुगेका पुर्व बिद्यार्थीहरुले दिएको उपहारले भने जिवनकै सबैभन्दा ठुलो खुसि दिएको अनुभव शिक्षकहरुको छ ।

गौरादहको माउण्ट एभरेष्ट माविका पुर्व विद्यार्थिहरुले आफुलाई पढाउने शिक्षकहरुको चाडवाड खल्लो नहोस भनेर दशैंमा खसी उपहार दिएका छन । बिश्वका विभिन्न देशमा अध्यान र कामको शिलशिलामा रहेका २० जना पुर्व विद्यार्थीहरु मिलेर यहाँ कार्यारत शिक्षकहरुलाई ७ वटा खसी उपहार पठाएका छन । सो उपहार वितरण कार्यक्रमको संयोजन पुर्व विद्यार्थीहरु समिर बस्नेत र सुश्मा बस्नेतले गर्नुभएको थियो । सो उपहार शिक्षकहरुलाई शनिवार अस्टमीको दिन हस्तान्तरण गरिएको थियो ।

खसी उपहार बुझ्दै विद्यालयका पुराना शिक्षक तथा संस्थागत विद्यालय शिक्षक संगठन ईस्टु प्रदेश १ अध्यक्ष यादव अधिकारीले गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हामी अत्यान्तै खुसि छौ , हाम्रो मालिकले हाम्रो तलव खोस्न सक्लान तर हाम्रो सम्मान खोस्न सक्दैनन भन्ने सन्देश गएको छ ।’ उहाँले यस कार्यकोलागी पुर्व बिद्यार्थीहरुलाई विद्यालयका शिक्षक र कर्मचारीहरुको तर्फबाट धन्यवाद समेत दिनुभयो ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

गौरादहका वडा अध्यक्ष हेमन्त कार्कीले ५ दिनमै जिते कोरोना

गौरादह ,७ कार्तिक /  झापाको गौरादह नगरपालिका वडा नम्वर २ का अध्यक्ष हेमन्त कार्कीले ५ दिनमै कोरोना जित्नुभएको छ । कार्कीको बिहिवार स्वाब संकलन गरि पठाईएको फलोअप परिक्षण रिपोर्ट आज नेगेटिभ आएको हो ।

कार्कीको ५ दिनअघि बिराटनगरको निजी अस्पतालमा गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यस लगत्तै उहाँ होम आईसोलेसनमा बस्नुभएको थियो । बिहिवार नगर स्वास्थ्य साखा गौरादहबाट फलोअपकोलागि स्वाब संकलन गरी परिक्षणकोलागी पठाईएको र भर्खरै रिपोर्ट नेगेटिभ आएको खवर पाएको अध्यक्ष कार्किले बताउनुभयो । उहाँले ५ दिनमै कोरोनालाई हराउन सफल हुनुभएको छ ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

ग्वाल्डुव्वा युवा समुहले नि:शुल्क ७७० वटा मास्क बाँडयो

गौरादह , ७ कार्तिक / गौरादह वडा नम्बर ७ को ग्वाल्डुब्वा युवा समुहले निस्शुल्क मास्क बितरण गरेको छ । समुहले आज ग्वाल्डुव्वा बजारमा साप्ताहिक हाटबजार गर्न आउनेहरुलाई ७ सय ७० वटा मास्क बितरण गरेको हो ।

ग्वालडुव्वा बजारमा बिजया दशमीको हाट भर्न आउनेहरु कोरोना संक्रमणबाट सुरक्षित हुन सकुन भन्ने उद्धेश्यले मास्क बितरण गरिएको युवा समुहका अध्यक्ष भोला चक्रवर्तीले बताउनुभयो । सो कार्यक्रममा मास्क बितरणका अलावा विभिन्न जनचेतना मुलक संदेशहरु समेत माइकिङ गरि प्रवाह गरिएको समुहका सचिव होम उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा समुहका सहसचिव प्रकाश चुडाल सदस्यहरु लोकराज सिटौला , सोनाराम महली , अक्षय राजबंशी , देबराज केबरत , निजन तिवारी , लक्कि ताजपुरिया र दिलनाथ कटुवालको उपस्थिति रहेको थियो । ग्लडुव्वामा बिभिन्न सामाजिक कार्य गर्द‌ै आएको युवा समुहले हिजो ग्वालडुव्वा बजार सरसफाई समेत गरेको थियो ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

प्रदेश १ का मन्त्री हिक्मत कार्कीलाई संक्रमण पुष्टि: आयो यस्तो सन्देश

झापा, ७ कार्तिक / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गर्नु भएको हो । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको मन्त्री कार्कीले बताउनु भएको छ  ।

हाल भने आफ्नो स्वास्थ्य अबस्था सामन्य रहेको र विराटनगरस्थित निवासमा नै आइसोलेटेड भएर बसेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।  साथै उहाँले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ:

“मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस कोभिड१९को संक्रमण भएकोछ। कन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिन२९गतेको  परिक्षणमा नेगेटिभ देखिएको थियो। त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो आईसोलेटड भएरै बसियो । तर हिजो पुनस् परिक्षण गर्दा पोजेटिभ देखिएको छ हाल स्वास्थ्य अबस्था भने सामन्य छ। प्रदेश राजधानी बिराटनगरमा आफ्नै  निवासमा आईसोलेटेड भएर बसेको छु।  यस बिचमा मेरो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन अनुरोध गर्दछु। यस बाट पर्न जाने सबै अशुबिधा प्रती क्षमायचना गर्दछु । धन्यवाद ।”

 

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

दशैंमा पनि देशभरका सवै कोभिड अस्पताल-प्रयोगशाला सञ्चालन हुने

काठमाडौं, ६ कात्तिक / सरकारले दशैं बिदामा पनि देशभरका सम्पूर्ण कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

संभावित संकटलाई मध्यजनर गरी स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले दशैं बिदामा पनि देशभरका कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालन गर्ने निर्णय लिएको हो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आवश्यकताअनुसार दशैमा सबै कोभिड अस्पताल र प्रयोगशालाहरु खुलाउने निर्णय गरी परिपत्र गरिसकेको जानकारी दिनुभयो ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार सर्वसाधरणलाई असुविधा नहोस र बिरामीले सहज उपचार पाउन भन्ने उदेश्यका साथ दशैंलगायत अन्य चाड पर्वमा पनि कोभिड अस्पताल नियमित रुपमा सञ्चालनमा ल्याउन लागिएको हो ।