Categories
मुख्य स्वास्थ/ शिक्षा

दुई हजारभन्दा बढीमा सङ्क्रमण

पछिल्लो समय नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।

हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ रहेको छ ।

काठमाडौँ उपत्यकामा ५६२ सङ्क्रमित

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ५६२ काठमाडौं उपत्यकाका हुन् । सोमा काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।

२३ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

‘१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो’: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पर्यटन काज शिक्षकहरुका लागि पनि भएको स्पष्ट पारेका छन् ।

कतिपय शिक्षकका पेसागत संघसंस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेका बेला शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गरेका हुन् ।
मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताएका छन् । उनले भने, ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन् । १० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

झापामा आइतबारदेखि एक साता निषेधाज्ञा, के के मा लाग्यो बन्देज ? (सुचना सहित )

गाैरादह / कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत संग सिमा जोडिएको झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।

उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

झापाका सबै शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द

झापा / झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसिसिएमसीको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै यसअघि सरकारले जिल्लाका सहरी क्षेत्र (बिर्तामोड, मेचीनगर र दमक)का सबै शैक्षिक संस्था बन्द गराएको थियो। अन्य स्थानीय तहहरूमा भने शैक्षिक संस्था खुला नै थियो। खुला रहेका शैक्षिक संस्था आजदेखि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

डिसिसिएमसीको बैठकले जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रमा २०७८ वैशाख मसान्तसम्म भौतिम रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा, खेलकुद तथा युवा शाखा र शिक्षा विकास तथा समन्वय इकाईले गर्ने, कोभिड–१९ को संक्रमण फैलन नदिन र त्यसको न्यूनीकरणका लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको अनुगमन गर्न र भविष्यमा चाल्नु पर्ने सम्भावित कदमहरूबारे सुझावसहितको प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन गरेको छ। त्यस्तै‚ संक्रमण फैलन नदिन र त्यसको नियन्त्रणको लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको सम्बन्धमा अनुगमन गर्न स्थानीय तह स्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गरेको छ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

देश भरका सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय : झापामा यी सहरहरुका बिद्यालय बन्द हुँदै

झापा । कोरोन भाइरसको संक्रमण बढ्ने क्रम तिब्र भएसंगै सरकारले देशभरका सहरी क्षेत्रका बिद्यालय बैशाख भरि बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषदको बैठकले झापाको काकरभिट्टा, बिर्तामोड र दमकका बिद्यालयहरु पनि बैशाख भरि बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

सरकारले झापाका काँकडभिट्टा, बिर्तामोड, दमक सहित ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअल रुपमा संचालन गर्ने निर्णय गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चारकर्मीलाई जनाकारी दिनु भयो ।

देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

कोरोना संक्रमण : एकमुष्ट शिक्षण संस्था बन्द नगर्ने सरकारको नीति

काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमणको दर पुन बढ्न थालेको छ। छिमेकी मुलुक भारतको संक्रमितको संख्या बढेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिएन थालेको हो।

खुला सीमा र भारतले सिमावर्ती सहरमा लकडाउन नगर्ने नीति लिएपछि त्यसको प्रभाव नेपालमा देखिएको हो। विशेष गरी काठमाडौंका कतिपय शिक्षण संस्थामा विद्यार्थी संक्रमित हुन थाले सीसीएमसीले तीन साताका लागि शिक्षण सस्था बन्द गर्न सिफारिस गरेको छ।

तर सरकारले भने एकमुष्ट रुपमा शिक्षण संस्था बन्द नगर्ने नीति लिएको छ। ‘अहिले एकमुष्ट रुपमा शिक्षण संस्था बन्द गर्ने सरकारको नीति छैन,’ भूमि व्यवस्था मन्त्री डा. शिवामाया तुम्बाहाम्फेले भनिन्, ‘प्रभावित क्षेत्र हेरेर शिक्षण संस्था बन्द गर्ने वा खुलाउने भन्ने तय हुन्छ।’

यद्यपी काठमाडौं उपत्यकाको हकमा भने एकमुष्ट निर्णण हुने सक्ने स्रोतले जनाएको छ। जनघनत्व र सक्रमण दरको अवस्था बुझेर काठमाडौंको हकमा निर्णय हुन सक्ने बताइएको छ।

सीसीएमसीले तीन हप्ताका लागि शिक्षण संस्था बन्द गर्न सिफारिस गरेपनि सरकारले त्यो विषयमा कुनै निर्णय गरेको छैन। संभावतः अब बस्ने मन्त्रिपरिषद बैठकले शिक्षण संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ।

विद्यालय जाने उमेर समूहका विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्न सीसीएमसीले सरकारलाई सुझाव दिएको थियो। अनलाइनबाट पनि अध्यापन गराउन सकिने भन्दै सीसीएमसीले तत्काल विद्यालय बन्द गर्न सुझाव दिएपछि प्याब्सनले भने विरोध जनाएको छ।

काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीमा कोरोना संक्रमण पुष्छि भएपछि अनलाइनमार्फत कक्षा संचालन गरेको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सचेतना अपनाउन आग्रह गरेको छ।

रतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ। नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ।

नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ। दैनिक सङ्क्रमण मात्रै होइनस सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिए। यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए।डिसी नेपालबाट

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

कोभ्याक्सको ३ लाख ४८ हजार डोज खोप नेपाल आईपुग्यो

काठमाडौँ — कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार  ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए । उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए ।

मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ । ई कान्तिपुर

Categories
कोरोना देश मुख्य स्वास्थ/ शिक्षा

झापाका ४६ सयले लगाए कोरोना विरुद्धको खोप

बिर्तामोड । झापामा कोरोना विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार अब दोस्रो चरणको खोप कार्यक्रम तयारी गरिदैंछ ।

पहिलो चरणमा झापाका ४ हजार ६ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनले पहिलो चरणमा खोप लगाउनेहरुमा कुनै समस्या नदेखिएको बताए । जिल्लाको ३ वटा केन्द्रमा खोप लगाइएको चौलागाईको भनाई छ । उनका अनुसार मेची अस्पताल भद्रपुर , अनारमनी नगर अस्पताल बिर्तामोड र दमक अस्पतालबाट खोप लगाइएको थियो । स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स चालक, शव वाहनका चालकलाई पहिलो चरणमा खोप लगाइएको चौलागाईले जानकारी दिएका छन् ।

दोस्रो चरणको खोप चाडैं लगाइन्छ, इजलाससित कुरा गर्दै चौलागाईले भने – अब कर्मचारी र सुरक्षाकर्मीलाई प्राथमिकतामा खोप लगाइने छ । खोप लगाउन नाम संकलन भइरहेको छ ।ईजालस अनलाईन

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

गौरादहका बुद्धिमान कार्की पेशागत महासंघको स्थायी कमिटी सदस्यमा चयन

झापा । झापाको गौरादह – १ निवासी नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की पेशागत महासंघको स्थायी समिति सदस्य चुनिनुभएको छ । आज सम्पन्न भेलाले उहाँलाई प्रदेश १ को सहसंयोजक समेत तोकेको छ ।
कार्की अखिल नेपाल शिक्षक संगठन प्रदेश १ का अध्यक्ष साथै गौरादहको जनता माविका पुर्व प्रध्यानाध्याक समेत हुनुहुन्छ । झापाकै देवराज कार्की महासंघको प्रदेश संयोजक तोकिनु भएको छ ।

 

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

गौरादह २ का मन्दिस लागुऔषध ब्राउनसुगर सहित पक्राउ

झापा । प्रतिबन्धित ब्राउन सुगर सहित गौरीगञ्ज ३ पानीट्याङ्की नजिकबाट एक युवा पक्राऊ परेका छन् ।

गौरादह नगरपालिका वार्ड नं. २ वर्ष २५ का मन्दिस अधिकारी ५ सय मिलीग्राम ब्राउन सुगरसहित पक्राउ पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा गौरीगंजबाट गौरादह तर्फ गईरहेको अवस्थामा हिजो विहिवार वेलुका करिब ४ बजे चेकजाँच गर्ने क्रममा गौरीगंज प्रहरीले पक्राउ गरेको हो ।

उनको अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी गराएका छन् ।