Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : २०७७ मंसिर ११ गते बिहीबार कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-११गते बिहिबार, तदनुसार ई.सं.२०२०-११-२६,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष द्वादशी तिथि, रेवती नक्षत्र, सिद्धि योग १०:१९ सम्म उप्रान्त व्यतिपात योग,बब करण, चन्द्रमा मीन राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा स् सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश प्रवास मुख्य

नेपाल लाईफ ईन्स्योरेन्सद्वारा दावी भुक्तानी हस्तान्तरण

दमक। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दमक ७ कि टीका खड्काको मृत्यु दाबी भुक्तानी गरेको छ । साउन २६ गते खड्काको मृत्यु भएको थियोे । कम्पनीले १० लाख रुपैयाँ बराबरको बिमा गरेकी उनले बोनस सहित ११ लाख ४४ हजार रुपैया मृतकका छोरा अभिषेक खड्कालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक टिकादत्त प्याकुरेल, पेशागत बिमा अभिकर्ता संघका सचिव रामकुमार बुढाथोकी, संघका केन्द्रीय सदस्य तेजप्रसाद तिवारी, कम्पनीका दमक शाखा प्रमुख रिमेन पौडेल दमक शाखा समिति अध्यक्ष नरेश बन्जराको उपस्थित रहेको थियोे । मृतक खड्कालाई यश अघि घातक रोग बापतको रकम पनि रकम हस्तान्तरण गरिएको थियोे ।

Categories
कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : बुधबार कस्तो रहनेछ तपाईको दिन?

आजको पञ्चाङ्ग
मिति २०७७-८-१० गते बुधबार, तदनुसार ई.सं२०२०-११-२५,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष एकादशी तिथि,उत्तराभाद्रपदा नक्षत्र, वज्र योग ९:५० सम्म उप्रान्त सिद्धि योग,वणीज करण, चन्द्रमा मीन राशिमा।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा स् सम्पर्क नं.- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजकाे राशिफल: मंगलबार कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-९ गते मङ्गलबार, तदनुसार ई.सं.२०२०-११-२४,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष दशमी तिथि, पूर्वाभाद्रपदा नक्षत्र ,हर्षण योग ९:५५ सम्म उप्रान्त वज्र योग,तैतील करण
चन्द्रमा कुम्भ राशिमा ११:५९ सम्म उप्रान्त मीन राशिमा ।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट: ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना देश प्रवास मुख्य राजनीति विश्व

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

काठमाडौं । भारतबाट सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि अर्को छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन् । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।

कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । जनरल वेई पहिलो वरीयताका चिनियाँ स्टेट काउन्सिलर हुन् । तर, विदेशमन्त्री रहेका वाङ यी तेस्रो वरीयताको स्टेट काउन्सिलर हुन् । उच्च कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणका वेला घोषणा भएको रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा छलफलका लागि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो ।

भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । उनी १२ मंसिरमा फर्कनेछन् । उनी फर्केको पर्सिपल्ट १४ मंसिरमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ । यद्यपि, शुक्रबार अबेरसम्म भारतीय विदेशसचिव तथा चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे नेपाल, भारत र चीन कसैले पनि मिति सार्वजनिक गरेका छैनन् ।

उच्च सरकारी स्रोतका अनुसार रक्षामन्त्री वेई नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेका हुन् । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । उच्च सुरक्षा स्रोतले भ्रमणको पुष्टि गर्दै २९ नोभेम्बर (१४ मंसिर)का लागि उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुत बनाउने निर्देशन प्राप्त भएको जनाएको छ । ‘विशेष गरी काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरहरूको निगरानी बढाउने र चीनविरोधी गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यहीअनुसार सुरक्षा प्रबन्ध गर्ने भन्ने निर्देशन छ,’ उच्च सुरक्षा स्रोतले भन्यो । यो समाचार नयाँपत्रिकामा पर्शुराम काफ्लेले लेख्नुभएको छ ।

Categories
प्रवास मुख्य विश्व

हङकङको एक नेपाली रेस्टुरेन्टमा भिषण आगलागी , ९ वर्षीया बालकसहित ७ जना नेपालीको मृत्यु

हङकङ। हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीमा परी एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश नेपाली रहेका छन । मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्। अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो।

आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।

Categories
प्रवास मुख्य विश्व

भारत र पाकिस्तानबीच सीमामा गोली हानाहानः ४ भारतीय सेना र ८ पाकिस्तानी सेना मारिएको दाबी

एजेन्सी । कास्मीरी नियन्त्रण रेखामा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा ४ जना भारतीय सेनाका जवान र अन्य ६ जना सर्वसाधारण मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमले ८ जना पाकिस्तानी सेना पनि मारिएको दाबी गरेका छन् । तर पाकिस्तानी सेनाले ट्वीटर मार्फत एक जना सर्वसाधारणको भारतीय सेनाको गोलीबाट मृत्यु भएको जनाएको छ ।
भारतले पाकिस्तानी सेनाको कैँयौ पोष्टहरु ध्वस्त पारेको दाबी गरेको छ भने पाकिस्तानी सेनाले भारतको पोष्टहरुमा ध्वस्त पारेको दाबी गरेको छ ।
सन् २०२० मा मात्रै भारतीय सेनाले २६६० पटक युद्ध विराम भंग गर्दै फायर गरेको र यस अवधिमा १९ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ । भारतले पनि लगातार पाकिस्तानले युद्धबिराम उलंघन गरेर गोली चलाउने गरेको बताएको छ ।

 

Categories
देश प्रवास मुख्य राजनीति विश्व

प्रधानमन्त्री ओलीले यसरी दिनुभयो बाइडेनलाई बधाई

काठमाडाैं /  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा जो बाइडेनलाई बधाई दिनुभएको छ ।

आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकोमा बाइडेन र कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको हो । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गर्नुभएको छ ।

Categories
प्रवास मुख्य राजनीति विश्व

भारतिय मुलकी आमा र ७ बर्षमै बाबुसंग छुट्टिएकी कमला ह्यारिसले अमेरिकामा रचिन ईतिहास

एजेन्सी / अमेरिकी राष्ट्रपतिमा जो बाइडेन बिजयी भएसँगै उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गर्नुभएको छ । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएको हो । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला मात्र होइन, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुनुहुन्छ ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बन्नुभएको थियो । तर दुवैजनाले चुनाव जित्न सक्नुभएन । अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।अमेरिकी इतिहासि रच्दै उपराष्ट्रपतिमा बिजयी कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन १९६४ को अक्टोबर २० मा जन्मिनुभएको थियो । उहाँका बुबा जमैकाबाट र आमा भारतबाट अमेरिका आउनु भएको हो । इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई नै चुनौती दिनुभएको थियो । तर पछि उहाँ राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटदै बाइडेनलाई सहयोगको घोषणा गर्नुभयो ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उहाँको नाम चर्चामा रहिरह्यो । बाइडेनले उहाँलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण समाचारका शीर्षकहरुमा ह्यारिस रहिरहनुभएको हो । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटनुभएको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नु भएकी ह्यारिस देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आउनुभएको छ ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता हुनुहुन्थ्यो भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री हुन । आमा श्यामलाले नै कमला नाम छनौट गर्नुभएको थियो । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो । जब कमला ७ बर्षको हुनुहुन्थ्यो, बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित हुनुहुन्थ्यो । ह्यारिस बाल्यकालमा भारत जानुभएको थियो, उहाँकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी हुनुहुन्छ । कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो ।

Categories
प्रवास मुख्य विश्व

चुनाव हार्ने लक्षण देखिए पछि ट्रम्पका समर्थक बन्दुक र हतियार बोकेर मतगणना स्थल पुगे

एजेन्सी । बहुचर्चित अमेरीकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले यस अघि मध्यराति आफूले चुनाव जीतिसकेको र ठूलो विजयउत्सव मनाउने तयारी भएको बताएका थिए ।
तर भोलिपल्टै उनले चुनाव नजित्ने संभावना बढे पछि एकातिर मतगणना रोकाउन अदालतमा उजुरी गर्न पुगेका छन् भने अर्कोतिर कानुनी उपचारको खोजी शुरु गरेका छन् ।
यसैबीचमा ट्रम्पका समर्थकहरु बन्दुक बोकेर मतगणना स्थलमा पुगेपछि थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्प र विदेनका समर्थकहरु र्याली, प्रदर्शन र नाराबाजीमा व्यस्त रहेका छन् ।
२७० ईलेक्टोरल भोटले विजयी हुने अवस्था रहेकोमा बिदेन २६४ भोट ल्याएर बिजयको नजिक पुगेका छन् भने ट्रम्पको अहिले सम्म केवल २१४ भोट मात्र रहेको छ ।
लोकप्रिय मतका हिशाबले पनि विदेनले ईतिहासकै सबै भन्दा धेरै मत अर्थात ७ करोड बढी मत प्राप्त गरेका छन् ।