पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हाम्रो बारेमा

नेपालको सुदुरपुर्वी जिल्ला झापा मुलुकै अग्रणी जिल्लाहरु मध्येमा पर्छ । अग्रणी यस अर्थमा कि झापा जिल्ला सामाजिक, राजनितिक, सास्कृतिक, आर्थिक र खेलकुद लगायतका धेरै बिषयमा झापाले देशकै अगुवाई गरिरहेको पनि छ । करीब ८ लाख जनसंख्या भए पनि जातिय, भाषिक, साँस्कृतिक र भौगोलिक विविधताले झापाको फरक पहिचान बनेको छ । तर बिराषदको रुपमा पाएको यो विविधतालाई ब्यापकता दिन नसकिरहेको अहिलेको परिस्थितिमा झापाका सबै प्रकारका बिषय बस्तु उजागर अबको आवश्यकता बनेको छ । तसर्थ प्रविधिको बिकाससंगै अब प्रविधिमुखी नभए सम्म कुनै पनि कुरालाई बिश्व बजारमा पुर्याउने कुरा असभ्भव प्राय बनेको छ । त्यसमा पनि डिजिटल मिडिया अहिलेको सशक्त माध्यम बनेको छ । झापाको बिषेशतालाई देश दुनियाँमा पुर्याउँदै देश बिदेशका ताजा खबर पनि छिटो छरितो माध्यमले आम मानिसमा पुर्याउन एउटा डिजिटल मिडियाको आवश्यकता महशुस गरी यो अनलाईन समाचार पोर्टल शुरु गरिएको हो ।

तपाई हामी सबै ब्यस्त छौं । हामीलाई हतार मात्र छ । किन यसो भईरहेको छ भनेर एक छिन सोच्ने हो भने हामीलाई प्रविधिले ब्यस्त र हतारो बनाईरहेको छ । किनकी हामीले प्रविधिसंगैं दौडिनु र दौडाउनु परेको छ । 
प्रविधिको बिश्व परिवेशमा स्थानीयतालाई पनि प्रविधि अनुसार दौडाउन जरुरी छ । त्यसैले पनि झापा जिल्लालाई प्रविधिसंगै दौडाउने र यहाँका खबर तथा बिचारलाई देश दुनियाँमा छिटो छरितो माध्यमबाट पुर्याउन झापा टाईम्स डक कम नामक डिजिटल मिडियाको शुरुवात गरिएको छ ।

थप सामाग्री